ताजा अपडेट »

यस वर्ष मनसुन प्रतिकार्यका लागि ३१ हजार बढी जनशक्ति परिचालन गरिँदै

मंगलबार, २२ जेठ २०८१, ०९ : ५८
374 Shares
मंगलबार, २२ जेठ २०८१
374 Shares

बुटवल । सरकारले यो वर्षको मनसुन अवधिमा हुने विपदजन्य प्रतिकार्यका लागि ३१ हजार बढी जनशक्ति परिचादन गर्ने भएको छ । सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका तीनवटै सुरक्षा निकायलाई प्रत्येक प्रदेशको राजधानीमा विपद् सहायताका लागि तालिम प्राप्त जनशक्ति तयारी अवस्थामा राख्न भनिएको छ ।

यस वर्ष नेपाली सेना १० हजार ८४७, नेपाल प्रहरी १० हजार ५८५ र सशस्त्र प्रहरी बल ९९२४ जना परिचालन गर्ने योजना रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजनमा उल्लेख छ । यी बाहेक स्काउट लगायतका स्वयंसेवक पनि परिचालन गरिने छ ।

गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले यस वर्ष अवरुद्ध सडक खुलाउने कामलाई पहिलो प्राथमिकता दिइएको बताए । पहिरो जान सक्ने क्षेत्रलाई पर्याप्त इन्धन र चालकसहित हेभी इक्युप्मेन्ट, डोजरलाई १०-१० किलोमिटरको दूरीमा तयारी अवस्थामा राखिने उनले बताए ।

नेपालका अधिकांश स्थानमा सरदरभन्दा बढी पानी पर्ने पूर्वानुमानसँगै बाढी र पहिरोजस्ता विपद पनि बढ्नसक्ने अनुमान छ । त्यसैले मनसुनजन्य विपद् प्रतिकार्यका लागि गृहसहित १० वटा मन्त्रालय, ती मन्त्रालय मातहतका कार्यालय, सुरक्षाकर्मी र निजी क्षेत्रले गर्नुपर्ने कामको जिम्मेवारीसमेत बाँडफाँट गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।