ताजा अपडेट »

अन्तर्राट्रिय उत्प्रेरक वक्ता सौनक भट्टको उपस्थिथिमा “जिनयस टल्क सेमिनार” सिजन–३ सम्मन्न

मंगलबार, २२ जेठ २०८१, ०७ : ४२
194 Shares
मंगलबार, २२ जेठ २०८१
194 Shares

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा “जिनयस टल्क सेमिनार” सिजन–३ सम्मन्न गरीएको छ । भर्खरै माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीहरुलाई उत्प्रेरीत गर्नेगरी गत सनिबार एक दिने उक्त सेमिनार कार्यक्रमको आयोजना गरिएको हो ।

रुपन्देहीको तिलोत्तमा स्थित टाइगर प्यालेस रिसोर्टमा  प्रख्यात अन्तराष्टिय उत्प्रेरक वक्ता  (मोटीभेसनल स्पीकर) तथा ट्रेनर  सौनक भट्टले करिब १ हजार सहभागी विद्यार्थी तथा शैक्षिक व्यत्तित्व हरुलाई उत्प्रेरीत गरेका थिए ।  उनले कार्यक्रम अवधिभर विद्यार्थीहरुलाई उत्प्रेरणा कला मार्फत मंत्रमुग्ध बनाएको बुटवलका एक सहभागी बिद्यार्थीले बताए ।

‘सौनक सरको प्रस्तुतिले हामीलाई कार्यक्रमभरी बाँधेर राख्यो । अब हामीले आगामी शैक्षिक क्यारीर कसरी अगाडी लैजाने भन्नेमा एउटा क्लियर भिजन पनि प्रात गरेको अनुभव गरेका छौं ’ -उनले भने ।

दुई सेसनमा सम्पन्न कार्यक्रमको शुभारम्भ प्रमुख अतिथी तथा इस्कोंन तिलोत्तमाका अध्यक्ष सन्त रन्तिदेवा दासले गरेका थिए । उनले भने, ‘आध्यात्मिक ज्ञान लिन सकेमा विद्यार्थी जीवन सुन्दर हुन सक्ने बताउदै आध्यात्मीक ज्ञानले बिद्यार्थीहरुमा सकारात्मक उर्जा प्रवाहहुने हुदा यसले उनिहरुको शैक्षिक करीयरमा मदद्त पुग्ने बताए ।’ 

Untitled-3

कार्यक्रममा न्यू होराइजन कलेज बुटवलका संस्थापक प्राचार्य लोकनाथ उपाध्याय, होराइजन जिविएस कलेज ड्राइभरटोलका प्राचार्य गोपाल आचार्य, स्कलर्स होम्स स्कुलका प्राचार्य बाबुराम बन्जाडे, आइडिया फ्युजनका राजकुमार अध्यक्ष तथा रोटरी अभियन्ता राजकुमार गुप्ता, रेटी इन्स्टिच्युटका कृष्ण जयसवाल लगायतले कार्यक्रमा सफलताको शुभकामना व्यक्त गरेका थिए ।

जिनियस टक्स सेमीनारको यो तेस्रो श्रृंखला रहेको आयोजक जिनियस विज लाइफका अध्यक्ष कृष्ण साह कानुले जानकारी दिए । कार्यक्रममा लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङ (एलएसडीटी)का संस्थापक तथा रुपन्देहीका कुशल उत्प्रेरक वक्ता विजय पाण्डेले पनि विद्यार्थीहरुलाई उत्प्रेरित गरेका गरेका थिए ।

कार्यक्रमलाई मुख्य प्रायोजन यसोधा फुड्सको करेन्ट नुडल्सले गरेको थियो भने सहआयोजन रेटी इन्स्टिच्युट, भैरहवा, एप्पल इन्ट्रान्स, व्ह्वाइट हाउस एजसकेसनल जोन  तथा गुरुकुल मण्ग्रिामले गरेका थिए ।

447268251_3854728931518610_4622942955905538577_n

फिजा एजुकेसन ता होराईजन गौतमबुद्ध कलेज को–स्पोन्सर रहेको कार्यक्रममा स्कलर्स होम, हब एजुकेसन तथा इकरा एजुकेसन कन्सल्टेन्सी शैक्षिक सहयोगी संस्थाका रुपमा रहेका थिए । सेमीनारमा अन्तर्राष्ट्रिय ट्रैनर श्री सौनक भट्ट संगै बाबुराम बन्जाडे, कृष्ण जैसवाल, इन्द्र भुसाल, गोपाल अचार्य, लोकनाथ उपाध्याय, कृष्ण साह कानु तथा बिजय पान्डेयले विद्यार्थीहरुलाई उत्प्रेरणा प्रदान गरेका थिए । कार्यक्रमको मिडीया सहयोगीका रुपमा ग्लोवल आवाज रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।