ताजा अपडेट »

भारतमा बंगलादेशी सांसदको हत्याका आरोपी काठमाडौंबाट पक्राउ

आइतबार, २० जेठ २०८१, ११ : ०३
142 Shares
आइतबार, २० जेठ २०८१
142 Shares

काठमाडौं । भारतमा हत्या गरिएका बङ्गलादेशको सत्तारूढ पार्टीका सांसद अनवारुल अजिमको हत्यामा संलग्न प्रमुख आरोपीलाई नेपालबाट पक्राउ गरिएको छ ।

नेपाल प्रहरीले भारतमा हत्या गरिएका सांसद अजिमको हत्या आरोपी ३३ वर्षीय सियाम एमडी हुसेनलाई काठमाडौंबाट पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार सियामको पक्राउ पछि सुपुर्दगीका लागि बंगलादेश दूतावासले कूटनीतिक पहल शुरु गरको छ ।

भारत उपचार गर्न पुगेका बङ्गलादेशको सत्तारूढ पार्टीका सांसद अनवारुल मे १३ देखि सम्पर्क विहीन भएका थिए। पछि उनी कोलकातामा मृत फेला परेका थिए । उनको शव टुक्रा टुक्रा गरेर तालमा फालिएको अनुसन्धानमा खुलेको थियो ।

बंगलादेशी सञ्चारमाध्यमहरुमा पनि उनी काठमाडौंबाट पक्राउ परेको उल्लेख गरिएको छ । उनको हत्यालाई सुन तस्करीसँग समेत जोडेर हेरिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।