ताजा अपडेट »

दाङमा हावाहुरीसहितको पानीले घर भत्किँदा वृद्धको मृत्यु

आइतबार, २० जेठ २०८१, ०७ : ५७
310 Shares
आइतबार, २० जेठ २०८१
310 Shares

दाङ । दाङमा शनिबार बेलुका आएको हावाहुरीसहितको पानीले घर भत्किँदा एक वृद्धको मृत्यु भएको छ। घर भत्किदाँ तुलसीपुर उपमहानगरपालिका १२ रजेना बस्ने ७० वर्षीय कुलबहादुर भनिने भगवान केसीको मृत्यु भएको हो। उनको परिवारमा तीनजना रहेका थिए।

हावाहुरीको समयमा घरमा वृद्ध दम्पती मात्र थिए। हावाहुरीसहित आएको पानीले घरको एक छेउ भत्किएपछि बाहिर भाग्ने क्रममा च्यापिएर उनको मृत्यु भएको हो। उनकी श्रीमती भने सकुशल रहेको तुलसीपुर १२ का वडा अध्यक्ष खुसीराम चौधरीले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।