ताजा अपडेट »

तिलोत्तमामा सुचनाको हक सम्बन्धी अभिमुखीकरण सुरु

आइतबार, १३ जेठ २०८१, २२ : ००
344 Shares
आइतबार, १३ जेठ २०८१
344 Shares

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालीकामा सुचनाको हक सम्बन्त्री २ दिने अभिमुखिकरण कार्यक्रम सुरु भएको छ । आइतवारदेखि सुरु भएको कार्यक्रममा नगरभित्रका जनप्रतिनिधि, वडा सचिव, सामुदायिक विद्यालयका प्रतिनिधि साथै सरोकारवालाको सहभागिता रहेको छ । उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख रामकृष्ण खांणले सुचनाको हक नागरिकको मौलिक हकमै पर्ने भएकाले यसको पारदर्शितामा नगरपालीका अडिग रहेको बताए । उनले नागरिक र स्थानिय तह बीचको समन्वय प्रभावकारी भए सुशासनयुक्त पालीका बनाउन सहज हुने जनाए । सुचनाको हक सम्बन्ध्ी कार्यक्रमले नागरिकलाई सुचना पाउने विधि र तरिका बारे जानकार गराउने र यसले सम्बन्धित निकायलाई जवाफदेही बनाउने उले बताए ।

कार्यक्रममा बोल्दै पालीकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले  कस्ता प्रकृतिका सुचना कुन माध्यमबाट पाउन सकिन्छ र सार्वजनिक निकायले दिने गरेका सुचनाको अवस्था बारे जान्न यस कार्यक्रमले सघाउने बतँए । उनले सार्वजनिक नकायले सुचना माग भएको बखत दिनुपर्ने र प्रकृयागत सुचना माग बारे सुचना मागकर्ता जानकार हुनुपर्ने बताए । उनले सुचनाको हक को अपव्याख्या भएर सार्वजनिक पद धारण गरेका व्यक्तिले अफ्ठ्यारो व्यवहोर्नुपरेका स्थिती समेत आउने भन्दै स्थानिय तहले आफ्ना आय व्यय, बोलपत्र लगायत का सुचनालाई आधिकारिक वेबसाईटमा राखेरै जनतालाई सुसुचित गरिरहेको जनाए ।

नगरपालीकाकोे सामाजिक विकास समितीका संयोजक रवि सेन्चुरीले सुचना समयसंगको माग भएकाले यो विश्वव्यापी महत्वपुर्ण विषय भएको बताए । उनले सुचनाको हक सम्बन्धि ऐनले व्यवस्था गरेको निती अनुसार लोकतन्त्रको संरक्षणकै लागि पनि सुचनाको हक आवश्यक मानिने बताए ।

सो अवसरमा बोल्दै सुचना अधिकारी माधव प्रसाद पोखरेलले सुचनाको हकमा सार्वजनिक निकायको दायित्व, कसैले सुचना माग्दा अपनाउनुपर्ने विधी, प्रकृया बारेको त्रान प्रदान गर्ने उद्धेश्यले कार्यक्रम गरिएको बताए । उनले सुचनाको हकको मापदण्डले तय गरेको विभिन्न विषयमा सरोकारवाला जानकार भई सुचना दिंदा सही र स्पष्ट सुचना बाहिर जाने भएकाले यससम्बन्धी अध्ययन जरुरी रहेको बताए । तिलोत्तमा १ स्थित एस आर होटलको सभाहलमा जारी कार्यक्रममा पत्रकार किरण कौशलले सहजीकरण गरेका छन।

Messenger_creation_2e4235d1-0436-4734-90a5-a810dae3bdba

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।