ताजा अपडेट »

हेराउन  गएकी महिलालाई नै  धामीले  तिमी नै बोक्सी छौँ  भनेपछि...

शुक्रबार, ११ जेठ २०८१, १५ : ३६
158 Shares
शुक्रबार, ११ जेठ २०८१
158 Shares

गुल्मी ।  धामी झाँक्री अन्धाबिश्वासका कारण कैयौं अप्रिय घटना घट्दै आएका छन्। धामीहरुले नै बक्दै एकाकुल भित्रैका बोक्सी लागेका छन् भन्ने भ्रम छरिदिँदा परिवारजन, छिमेकमा मनमुटुवा र द्धन्द्ध सिर्जना भएका थुप्रै घटना  पनि छन् ।  यहाँ सम्मकी पछिल्लो चरण पाल्पामा थप रिस उठ्दो र हाँसो  पनि  लाग्दो एक धामीको चर्तिकला त्यहाँको प्रहरीले बाहिर ल्याएको छ ।

  त्यो हो आफ्नो भैसी बिरामी परेर  धामीकहाँ आखत हेराउन गएकी महिलालाईनै ती धामीले तिमी नै बोक्सी छौं भन्दिएका छन्। घटना हो पाल्पाको बगनासकाली गाउँपालिको । त्यस पालिका वडा नम्वर ९ का २९ वर्षिय पदम बस्याल पहिलैदेखि धामीका रुपमा झराफुक गर्दै आएका छन।् उनको भरबिश्वास परेर थुप्रै मानिस उनलाई खोज्ने गरेका छन । त्यही क्रममा  प्रहरीले नाम गोप्य राखेको स्थानीय  एक महिला भैसी बिरामी परेर  यहि जेठ ६ गते विहान साढे ११ बजेको समयमा भैसी डोराउँदै उनै धामी बस्यालको भरमा पुगिन ।

भैँसीको उपचारका लागि चामल अक्षता पनि लगेर गएकी थिईन ।  धामीले त्यो मागेर  बिमारी खुटाउने काम सुरु गरे  । त्यस क्रममा ती महिलाको आँखामा हेरिरहे र ती महिलालाई दुई वटा ल्वाङ फुकी खान दिए ।  खान दिएसंगै उनले ती महिलालाई उनले भने तपाईको आँखामा बोक्सी छ ।  त्यो भनेन मात्र पैयुँको लौराले र हात मुठीले देबे्र  पाखुरा लगायत शरिरका भागमा निलाडाम हुने गरी कुटपिट समेत गरे ।

यस्तो आरोपसहित  यहि  जेठ ८  गते जिल्ला प्रहरी कार्यालय पाल्पामा आएकी ती महिलाले निज धामी बस्याल बिरुद्ध बोक्सी आरोप कसुरको मुद्धा दर्ता गरेको सुचना अधिकारी डिएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए ।  श्रेष्ठका अनुसार प्रहरीले ती धामी बस्याललाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार