ताजा अपडेट »

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

विहीबार, १० जेठ २०८१, ११ : २८
120 Shares

 

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १८०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ५० रुपैयाँमा कारोबार भैइरहेको छ । 

यसअघि बुधबार सुन तोलामा १ लाख ४० हजार ५०० सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ८००  रुपैयाँ थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदीको तोलामा ३५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा १८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।