ताजा अपडेट »

ठमेलबाट हुन्डी कारोबार गरेको आशंकमा प्रहरीको छापा, ३ जना पक्राउ

मंगलबार, २५ बैशाख २०८१, ११ : ५७
164 Shares

काठमाडौं । राजधानीको ठमेलबाट दुई जना चिनियाँ नागरिकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले हुन्डी कारोबार हुने गरेको सूचनाका आधारमा छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले तीन जना पक्राउ परेको पुष्टी गरे । हुन्डी कारोबारमा संलग्न रहेको आशङ्कामा अनुसन्धान भइरहेको जानकारी दिए ।


उनका अनुसार ठमेलस्थित होटल ज्याङ्सुबाट सुरुमा एक जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको थियो । उनको साथबाट करिब ३५ लाख रुपैयाँ बरामद भएको छ । त्यसपछि ठमेलकै अर्को ठाउँबाट थप एक चिनियाँ नागरिक र अर्का एक नेपाली नागरिकलाई पनि नियन्त्रणमा लिइएको उनको भनाई छ ।  उनीहरूको साथबाट करिब ९ लाख रुपैयाँ  बरामद भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।