ताजा अपडेट »

होटेलको कोठा भित्र महिला र युवक झण्डिएको अवस्थामा मृत भेटिए

मंगलबार, ११ बैशाख २०८१, १६ : १२
456 Shares

 

जनकपुरधाम । जनकपुरधामको रामानन्द चोकस्थित होटल होलिडे एण्ड गेस्ट हाउसमा महिला र एक युवक झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । प्रहरीका अनुसार महिला विवाहित हुन् भने युवक अविवाहित ।

होटलको कोठामा भित्रबाट चुकुल लगाएको अवस्थामा उनीहरू एकसाथ झुण्डिएको अवस्थामा फेला परेको धनुषा प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए । मृतकहरूमा लोहारपट्टी नगरपालिका(४ महोत्तरीकी २५ वर्षीया प्रियंका कापर र पिपरा गाउँपालिका(३ महोत्तरी ३१ वर्षीय हितेन्द्र पासवान छन् । प्रियंकाको माइत पीपरा हो ।

उनका अनुसार ती महिला छोरीलाई लिएर युवकसँग ३(४ दिनदेखि होटलमा बसिरहेकी थिइन् । प्रहरीले ढोका फुटाएको थियो । युवकसँग ती महिलाको विवाहेत्तर सम्बन्ध हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । आफ्नो अभिभावक खोज्दै त्यहाँ पुगेपछि आत्महत्या गरेको हुनसक्ने डीएसपी अवाले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।