ताजा अपडेट »

गुल्मी-२०८० : अपराधका ६ घटनामा दाजुबाटै बहिनी बलात्कारदेखि 'धर्मगुरु'ले किशोरी हत्यासम्म

विहीबार, ०६ बैशाख २०८१, १६ : ००
262 Shares

गुल्मी । वर्ष २०८० मा गुल्मी अपराधका श्रृङ्खलाले भरियो । बहिनी आफ्नै दाजुबाट बलात्कृत हुनुपर्यो भने एक किशोलीले बलात्कारपछि ज्यान नै गुमाउनु पर्यो । गएको वर्ष जिल्लामा भएका ३ ठूला हत्याका घटनाले यहाँको सामाजिक चेतनास्तर र सुरक्षा चुनौतिमाथि प्रश्न उठेका छन् । जिल्लामा चार वटा बलात्कारका घटना सार्वजनिक भए । एक जना फरार बाहेक अपराधिक घटनाहरुमा  संलग्न ५ जनालाई गुल्मी प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

पहिलो घटना : बैशाख १७ गते मुसिकोट नगरपालिका-२ की १४ वर्षीया बालिकालाई सदरमुकाम तम्घासस्थित एक होटलमा विवाहको प्रलोभन देखाई एक पुरुषले बलात्कार गरे । सल्यान जिल्लाको शारदा नगरपालिका १३ का २७ वर्षीय निशास कुँवरले बलात्कार गरेको पीडित बालिकाबाट जाहेरी लगत्तै प्रहरले कानूनी कारबाही अघि बढायो ।

दोस्रो घटना : बैशाख २७ गते इस्मा गाउँपालिकामा श्रीमानले कुटेर श्रीमतीको मृत्यु भएको घटना सार्वजनिक भयो । वडा नम्बर ६ हर्रेडाँडाकी ३९ वर्षिया सुमित्रा कुमाल गम्भिर घाइते अवस्थामा फेला परिन् । उनलाई गुल्मी अस्पताल हुँदै लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि पठाईयो । बैशाख ३० गते उनको सोही अस्पतालमा मृत्यु भयो । प्रहरीले अनुसन्धान गर्दै जाँदा उनलाई उनकै श्रीमान् ५६ वर्षीय रिखिराम कुमालले कुटेर मृत्यु भएको खुलासा गर्यो र अभियुक्तलाई कानुनी दायरामा ल्यायो ।

तेस्रो घटना : असोज १४ गते धुर्कोट गाउँपालिका ६ स्थित एक २८ वर्षीय सुस्त मनस्थितिकी महिलालाई बलात्कार गरेको घटना सार्वजनिक भयो । लगत्तै प्रहरीले बलात्कारमा संलग्न सोही वडाका ३० वर्षीय शेर बहादुर थापा भएको खुलासा भयो । तर उनी त्यस घटना लगत्तै  फरार रहेका छन् । प्रहरीले खोजी कार्य जारी रहेको बताएको छ ।

चौथो घटना : कार्तिक १७ गते किशोरी बलात्कारपछि हत्या भएको घटना चन्द्रकोटमा सार्वजनिक भयो । बाग्लुङ्गको मरेङ्ग गाउँपालिका ३ नयाँगाउँ पुर्ख्यौली घर भई चन्द्रकोट गाउँपलिका ४ श्रीलंका टोलमा डेरा गरी बस्ने एक १४ वर्षीया बालिका कार्तिक १६ गते दिउँसोदेखि बेपत्ता भइन् । डेरा नजिकै खेतमा धान उठाउन गएकी उनी श्रीलंका टोलको एक पसलमा खेतलाहरुलाई सुर्ती किन्न जाँदा बेपत्ता भएकी थिइन् । उनलाई दोश्रो दिन बिहान हुग्दिखोलामा नग्न अवथामा मृत अवस्थामा देखियो । चन्द्रकोट इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय गुल्मीको टोली घटना स्थलमा पुगेर अनुसन्धान सुरु गर्यो ।

उसै दिन प्रहरीले शान्तिपुरमा रहेको मर्दशामा छापा मार्यो । प्रहरीको अनुसन्धानले सोही मर्दशाका धर्म गुरु (मौलाना) का रुपमा कार्यरत २३ वर्षीय रहिस खाँलाई नियन्त्रणमा लियो । निजले सोही मर्दसामा किशोरीलाई जबरजस्ती करणी गरेको स्वीकार गरे । किशोरीले प्रतिकार गरेपछि आफूले घाँटी निमोठेर हत्या गरी शव लुकाउन हुग्दि खोलामा लगेर रातको समयमा फालेको स्वीकार गरे । प्रहरीले उनलाई कानुनी दायरामा ल्यायो । उनी बाँके जिल्ला साबिक सोनापुर गाविस ४ हाल बाँके जिल्ला खजुरा गाउँपालिका ७ घर भएको ठेगाना खुल्यो ।


पाँचौं घटना : कार्तिक ३० गते दिउँसो इस्मा गाउँपालिकामा आफ्नै दाजुले बहिनीको बलात्कार गरेको  घटना सार्वजनिक भयो । प्रहरीले नाम गोप्य राखेको २८ वर्षिय दाजुले २० वर्षीया बहिनीलाई घटना सार्वाजानिक गरे ज्यान मार्ने धम्की  दिँदै बलात्कार गरेको घटना प्रहरीको अनुसन्धानबाट खुल्यो र नीज दाजुदाई माघ १० गते प्रक्राउ गरी कानुनी दायरामा ल्यायो ।

छैटौं घटना : फागु्न १५ गते छत्रकोट गाउँपालिका ३ हर्दिनेटा स्थित १३ वर्षीया किशोरीलाई स्थानीय ६२ वर्षका प्रकाश बिकले जबरजस्ती करणी गरेको घटना सार्वजनिक भयो । प्रहरीले निजलाई फागुन २९ गते प्रक्राउ गरी कानुनी दायरामा ल्याएको थियो । यी घटनाका एक जना फरार  बाहेक सबै दोषीहरुलाई प्रक्राउ गरी कानुनी दायरामा ल्याएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिए ।

उनका अनुसार २०८० मा ८४ जनाले आत्महत्या गरे । ७८ जनाले झुण्डिएर ३ जनाले विष सेवन गरेर, तीन जनाले खोलामा हाम फालेर आत्महत्या गरेको तत्थ्याङ्क छ । जिल्ला प्रहरी कार्यालय मुद्धा फाँटका प्रमुख प्रहरी निरीक्षक किरण सापकोटाका अनुसार २०८० सालभर २२ जनाको फुटकर ज्यान गयो,  भीरबाट लडी खोलामा डुबी जस्ता ४३ जनाको भवितव्य ज्यान गएको छ ।

वर्ष ०८० मा कुल १४९ जनाको ज्यान गएको छ । गुल्मीमा तिन वटा सवारी दुर्घटना भए । ती दुर्घटनामा परी तिन जनाको ज्यान गएको छ । एक जना घाईते भएका थिए । सवारी दुर्घटना गराउने तीनै जना पक्राउ परेका थिए । एक जनाको  सवारी भबितब्य मृत्यु भएको थियो । त्यस अवधीमा जिल्लाभर आगोलागिका ११३ वटा घटना घटेका थिए । ति घटनामा ३ जनाको मृत्यु भएको थियोा । २१ जना घाईते भएका थिए ।  गुल्मी प्रहरीको पछिल्लो तीन वर्षको तथ्याङक हेर्दा आत्माहत्याको घटना न्युनिकरण भएको देखिन्न तर  जघन्य अपराधका घटना र सवारी दुर्घटनमा न्युनिकरण हुँदै आएको पाईएको छ ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार