ताजा अपडेट »

राष्ट्रिय स्तरको खुल्ला मिष्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिता भदौमा हुने

आइतबार, ०२ बैशाख २०८१, ११ : ५४
82 Shares

बुटवल । काठमाडौमा राष्ट्रिय स्तरको खुल्ला मिष्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिता, महिला एथलेटिक्स फिजिक्स प्रतियोगिता, जुनियर मिष्टर काठमाडौँ प्रतियोगिता तथा पुरुष स्पोर्टस फिजिक्स–२०८१ को हुने भएको छ  । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको तत्वावधानमा काठमाडौँ जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघले आयोजनामा भदौ २८ र २९ गते सो प्रतियोगिता हुन लागेको हो । 

२०७३ साल देखि २०७६ सालसम्म निरन्तर रूपमा चारवटा संस्करण हरेक वर्ष आयोजना भएकोमा कोरोना महामारीका कारण गत वर्षहरुमा प्रतियोगित गर्न नसकिएको संघले जनाएको छ । यस पटक पाँचौं संस्करणमा पनि यस प्रतियोगितालाई अझ बढी आकर्षक रुपमा नेपाल भरिका शारीरिक सुगठन खेलाडीहरूलाई  समेट्ने गरी राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न लागेको जानकारी काठमाडौँ जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सुरेश सुवेदीले जानकारी गराए ।

यस मिष्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगितामा जम्मा ६ वटा वजन समूह अन्तर्गत खेल हुनेछ । जस्मा ५५, ६०, ६५, ७०, ७५ तथा ७५ केजी भन्दा माथि तौल समुह हनेछ । त्यसैगरी महिला प्रतिस्पर्धा अन्तर्गत महिला एथलेटिक्स फिजिक्स खुला उचाइ समुह अन्तर्गत प्रतिस्पर्धा गराइनेछ । जुनियर मि।काठमाडौँ शारीरिक सुगठन प्रतियोगितामा २०८० चैत्र मसान्त सम्ममा २१ वर्ष ननाघेका खेलाडीहरूले मात्र प्रतिस्पर्धा गर्न पाउने छन् । 

पुरुष स्पोट्स फिजिक्स अन्तर्गत अन्तराष्ट्रिय मापदण्ड अनुसार वजन र उचाई समूह गरी दुई समूहमा प्रतियोगिता सञ्चालन हुनेछ । जसमा १७० सेमी भन्दा मुनी र १७० से मी भन्दा माथिको २ वटा बिधा रहने छ ।  प्रत्येक क्लब सधं संस्थाबाट एउटा वजन समूहमा बढीमा दुईजना खेलाडीहरू गरी जम्मा २० जना खेलाडीहरू र एकजना टिम म्यानेजरले प्रतियोगितामा भाग लिन तथा टिमको प्रतिनिधित्व गर्न पाउनेछन । 

प्रतियोगिता जम्मा दुई दिन गराइनेछ ।  पहिलो दिन बिहान वजन र हाइट नापिने छ ‌‌र दिउँसोबाट १० बिधा मध्य ३ वटा बिधा मिष्टर काठमाण्डौं जुनियर तथा दुबै पुरुष स्पोर्टस फिनिक्सका फाइनल प्रतियोगिताहरु आयोजना हुनेछ भने महिला एथलेटिक्स फिक्सिङको प्रिजजिङ्ग राउण्ड हुनेछ ।दोश्रो दिन मिष्टर काठमाण्डौं शारीरिक सुगठन प्रतियोगिताका प्रिजजिङ्ग तथा फाइनल खेल र महिला एथलेटिक्स फिजिक्सको फाइनल खेल आयोजना हुनेछ। 

फाइनल खेलको प्रतिस्पर्धाबाट प्रत्येक वजन समूहका खेलाडीहरूमा प्रथम द्वितीय र तृतीय हुने खेलाडीहरूलाई क्रमश स्वर्ण, रजत तथा काश्य पदक एवं प्रमाणपत्रले सम्मानित गरिनेछ चौथो र पाँचौ हुने खेलाडीले ट्रफी तथा प्रमाणपत्र हासिल गर्नेछ प्रत्येक वजन समूहमा प्रथम द्वितीय र तृतीय हुने खेलाडीहरूलाई क्रमश रु १५ हजार , १० हजार तथा ५ हजार नगदले पुरस्कृत गरिनेछ ।

मिष्टर काठमाडौँको फाइनल प्रतियोगितामा प्रत्येक समूहको समूहगत विजेता खेलाडीहरू बीच प्रतिस्पर्धा गराई ओभरलमा प्रथम हुने खेलाडीलाई काठमाडौँको उपाधि साथै नगद रु १ लाख ५० हजार पुरस्कार ट्रफी तथा ब्यानटले सुसजित गरिनेछ यसरी ओभरअल प्रथम हुने खेलाडीले नगद रु १ लाख ६५ हजार प्राप्त गर्नेछ । महिला प्रतिस्पर्धा अन्तर्गत फाइनल राउन्डमा छनोट भएका पाँचजना महिला खेलाडीहरूबाट प्रतिस्पर्धा गराई ओभरलमा प्रथम हुने खेलाडीले महिला एथलेटिक्स फिजिक्सको उपाधिका साथै नगद रु ३० हजार ट्रफि तथा ब्यानटले सुसज्जित गरिने साथै द्वितीय र तृतीय हुने खेलाडीहरूलाई क्रमश नगद रु १५ हजार तथा नगद रु ५ हजार पुरस्कार ट्रफी तथा प्रमाणपत्रले सम्मान गरिनेछ र चौथो तथा पाँचौं हुने महिला खेलाडीहरूले ट्रफी तथा प्रमाणपत्र हासिल गर्नेछन् 

यस्तै जुनियर मि।काठमाडौँ शारीरिक सुगठन प्रतियोगिता तथा पुरुष स्पोर्टस् फिजिक्स अन्तर्गत १७० सेमी सम्म र १७० सेमी भन्दा माथिको उचाइ समूह गरी दुई उचाइ समूह अन्ततर्गत प्रथम हुने खेलाडीले उपाधिका साथै नगद रु ३० हजार ट्रफी तथा ब्यानेटले सुसज्जित गरिनेछ । द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमश नगद रु १५ हजार तथा नगद रु ५ हजार पुरस्कार ट्रफी तथा प्रमाणपत्रले सम्मानित गरिनेछ । चौथो र पाँचौं हुने खेलाडीहरुले ट्रफी तथा प्रमाणपत्र हासिल गर्नेछन । यस प्रतियोगिताको अनुमानित बजेट करिब रु २२ लाख ५० हजार हुने र प्रतियोगिता त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा गराइने सचिव बिजयत्म रत्न बज्राचार्यले जानकारी गराए ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।