ताजा अपडेट »

लुम्बिनी वर्ल्डमा डिजिटल प्रविधि र अभिभावकको भूमिका विषयक अन्तरक्रिया

आइतबार, २५ चैत्र २०८०, २० : ४८
48 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलिया स्थित लुम्बिनी वर्ल्ड स्कुलको आयोजनामा प्राविधिक युगमा अभिभावकको भूमिका विषयक आन्तरक्रिया सम्पन्न भएको छ । नेपाल स्टिम अलायन्सको कोडिङ कक्षा डिभिजनको सहकार्यमा कार्यक्रम भएको हो ।

मोटिभेश्नल स्पिकर सौरभ लोहनीद्वारा रूपन्देहीका विभिन्न क्षेत्रबाट आएका अभिभावकहरू बीच अभिभावकत्व कसरी गर्ने, बालबालिकाहरूलाई मोबाइल, टिभी लगायत प्रविधिको दुरुपयोग रोकी सदुपयोगका लागि कसरी वातावरण बनाउने लगायत विषयमा छलफल भएको थियो । बालबालिकाहरू प्रविधिजन्य यन्त्रहरूको दुरुपयोग गर्नबाट कसरी सुरक्षित राख्ने लगायतका विषयमा अभिभावकलाई प्रशिक्षण गरिएको थियो ।अन्तरक्रियामा डिजिटल युगमा सामना गर्ने विभिन्न अभिभावकीय चुनौती र समाधानको विषयमा छलफल भएको थियो । 

विद्यालयका प्राचार्य विष्णुप्रसाद ढकालले लुम्बिनी वर्ल्डले प्रदान गर्ने शैक्षिक वातावरण र यसका शैक्षणिक प्रक्रियाहरूबारे जानकारी दिएका थिए । कार्यक्रममा कोडिङ कक्षाका कार्यकारी प्रमुख सुशिल बुढाथोकीले कोडिङ कक्षाको महत्व र के कसरी विभिन्न उमेर समूहका बालबालिकाहरू कोडिङ कक्षामा भाग लिन सक्छन् भन्ने बारे जानकारी प्रस्तुत गरेका थिए । अन्तरक्रियामा सहभागी अभिभावकहरुले आफ्ना जिज्ञासा मेटाउनका लागि महत्वपूर्ण अवसरका रुपमा प्रयोग गरेको विद्यालयका शैक्षिक निर्देशक डा. मिनप्रसाद खनालले बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।