ताजा अपडेट »

लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीका लागि जोखबहादुर महराको दाबी पेश

शुक्रबार, २३ चैत्र २०८०, १२ : ३३
174 Shares

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले दाबी पेस गरेका छन्। प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका हुन्।

नेकपा एमालेका २९, माओवादीका १०, जनता समाजवादी पार्टीका ३, एकीकृत समाजवादी १ र एकजना स्वतन्त्र प्रदेशसभा सदस्य गरी ४४ जनाको हस्ताक्षरसहित दाबी पेश गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले महरालाई आज शुक्रबार नै मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले बिहीबार पदबाट राजीनामा दिएका थिए। उनले बिहीबार प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएका थिए।

बढेको थियो। नयाँ सत्ता गठबन्धनमा समावेश जसपाले मुख्यमन्त्री चौधरीलाई विश्वासको मत नदिने भएपछि अहिरले राजीनामा दिएका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।