ताजा अपडेट »

लुम्बिनी प्रदेशसभा बैठक आज : मुख्यमन्त्रीले विश्वासको मत माग्ने वा राजीनामा दिने अन्यौलमा

विहीबार, २२ चैत्र २०८०, ०४ : ५०
182 Shares

बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक आज विहिबार दिउँसो ४ बजेका लागि आह्वान गरिएको छ । सो बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिने सम्भावना रहेको छ । यद्यपी बहुमत पुर्‍याउने अवस्था अहिलेसम्म नदेखिएको भन्दै आफ्नै दलका मन्त्री तथा सांसदहरुले पनि विश्वासको मतमा जानुभन्दा राजीनामा गर्न सुझाव दिइरहेका छन् ।

गत बैशाख १४ गते ८ दलका ५३ सांसदको समर्थनमा मुख्मन्त्री बनेका चौधरी ११ सांसद रहेको नेकपा माओवादी केन्द्रले फागुन २३ गते समर्थन फिर्ता लिएपछि अल्पमतमा छन् । लुम्बिनी प्रदेशमा ८६ जना प्रदेशसभा सदस्य छन् । बहुमतका लागि ४४ सांसद चाहिन्छ । कांग्रेसको २७, नागरिक उन्मुक्ति पार्टीको ४, जनमत पार्टी, राप्रपा र लोसपाको ३/३ तथा जनमोर्चा र स्वतन्त्र सांसदको १/१ मत पाउँदा पनि मुख्यमन्त्री चौधरीको पक्षमा ४२ मत हुन आउँछ ।

यता नयाँ गठबन्धनमा आवद्ध एमालेसँग २९, माओवादीसँग १० (सभामुखबाहेक), जसपासँग ३ र नेकपा एकीकृत समाजवादीसँग १ प्रदेशसभा सदस्य छन् । नयाँ गठबन्धन एकजुट भए सरकार बनाउन एक सांसदको कमी हुने देखिन्छ । तर, जसपाले निर्णय लिइसकेको छैन । गठबन्धनले स्वतन्त्र, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राप्रपामध्येबाट एक भोट तान्नुपर्छ । लुम्बिनी प्रदेशमा नयाँ गठबन्धनको माओवादी केन्द्रले सरकारको नेतृत्व गर्नेगरी केन्द्रमा दलहरुले सहमती गरेका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।