ताजा अपडेट »

ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

बुधबार, २१ चैत्र २०८०, १० : ०२
122 Shares
बुधबार, २१ चैत्र २०८०
122 Shares

काठमाडौँ । ताइवानमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस)का अनुसार भूकम्पको तीव्रता ७.४ मापन गरिएको छ । यसलाई २५ वर्षपछिको ठुलो भूकम्प भएको बताइएको छ ।

भूकम्पका कारण सहरका धेरै ठाउँमा विद्युत् अवरुद्ध भएको छ । देशभर ८७ हजारभन्दा बढी मानिस विद्युतविहीन जीवन बिताइरहेका छन् । अहिले पुनर्निर्माणको काम भइरहेको बताइएको छ । ताइवानको यस भूकम्पपछि दक्षिणी जापान र फिलिपिन्समा सुनामीको चेतावनी जारी गरिएको छ । पूर्वी ताइवानमा धेरै भवनहरू भत्किएका छन् ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।