ताजा अपडेट »

टर्कीको नाइट क्लबमा आगलागी, २९ जनाको मृत्यु

बुधबार, २१ चैत्र २०८०, ०७ : ३२
78 Shares
बुधबार, २१ चैत्र २०८०
78 Shares

काठमाडौं । टर्कीको एक नाइट क्लबमा आगलागी हुदा २९ जनाको ज्यान गएको छ । टर्की समाचार एजेन्सी एन्देलोका अनुसार हालसम्म २९ जनाको मृत्यु भएको र अझै धेरै जना गम्भीर रहेका छन् ।

दुर्घटना हुँदा यो नाइटक्लब बन्द थियो र मर्मत कार्य चलिरहेका बेला आगलागी भएको बताइएको छ । मारिनेमा अधिकांश मजदुर रहेका छन् ।

मिडिया रिपोर्टका अनुसार इस्तानबुलको एक आकर्षक आवासीय क्षेत्रमा १६ तले भवन रहेको छ । हालसम्म क्लबका मालिकसहित पाँच जना पक्राउ परेको प्रहरीले जनाएको छ । क्लबले पुनर्निर्माणको स्वीकृति नलिएको बताइएको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।