ताजा अपडेट »

मार्चमा एक लाख २८ हजार विदेशी पर्यटक नेपाल भित्रिए

सोमबार, १९ चैत्र २०८०, १६ : ४६
110 Shares

काठमाडौंं। यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटक २८.९ प्रतिशतले बढेका छन् । नेपाल पर्यटक बोर्डले गत वर्षको मार्च महिनाको तुलनामा यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटकको सङ्ख्या २८ हजार ७४१ ले वृद्धि भएको जानकारी दिएको छ । 

गत वर्षको मार्चमा कुल ९९ हजार ४२६ विदेशी पर्यटक नेपाल भित्रिएको थिए भने यस वर्षको सोही अवधिमा एक लाख २८ हजार १६७ पर्यटक नेपाल आएको बोर्डले जनाएको छ । 

मार्चमा नेपाल आउने पर्यटकमा सबै भन्दा बढी भारतीय पर्यटक रहेका छन् । भारतबाट मार्च महिनामा ३० हजार ६९८ पर्यटक नेपाल आएका छन् । चिनियाँ पर्यटकको सङ्ख्या भने १२ हजार ९३ छ । 

बोर्डका अनुसार सो अवधिमा अमेरिकाबाट १० हजार ७ ७३ र बेलायतबाट ७ हजार २४१ जना, श्रीलङ्काबाट ५ हजार ७४१, जर्मनीबाट ५ हजार २५५, थाइल्याण्डबाट ४ हजार ३४५, फ्रान्सबाट ३ हजार २४० र म्यानमारबाट ३ हजार १३१ जना विदेशी पर्यटक नेपाल आएका छन् । त्यस्तै यसअघि जनवरीमा ७९ हजार १०० र फेब्रुअरीमा ९७ हजार ४२६ विदेशी पर्यटक नेपाल आएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।