ताजा अपडेट »

पाल्पामा युवतीको हत्या प्रकरण: हत्या अभियोगमा एक जना पक्राउ

शुक्रबार, १६ चैत्र २०८०, १५ : ०७
762 Shares

गुल्मी । गत मंगलबार दिउँसो पाल्पाको रिब्दिकोट गाउँपालिका १ को ख्याहामा विभत्स अवस्थामा मृत फेला परेकी एक युवतीलाई हत्यामा संलग्न भएको अभियोगमा एक  जना युवालाई प्रहरीले   पक्राउ गरि सार्वाजानिक गरेको छ ।   सोही वडा ख्याहा कराङदीकी  १९ वर्षीया युवती  पद्यमा सुनार  हसियाँ प्रहार गरी हत्या गरेको अभियोगमा  सोही वडाको लप्सीखोला बस्ने सागर भनिने देवलाल साकीलाई पक्राउ  गरी पाल्पा प्रहरीले  शुक्रबार सार्वजानिक गरेको हो ।

त्यस दिन विहान ९ बजेतिर पद्यमा  लप्सीखोलामा नुहानउन कपडा धुन  पुगेकी थिईन ।  नुहाएर कपडा धोएर सकी डोकोमा राख्दै गरेको  बेला दिउँसो करिव १२ बजेको समयमा सागर गोठमा काम गरी हातमा हँसिया लिएर आएको  अनुसन्धानले देखाएको छ । त्यस बेला ती दुई जना बिच के विवाद भन्ने प्रहरील् नखुलाए  पनि  विवादका क्रममा पद्यमाले प्रतिकार गर्न खोज्दा आफुले हँसिया प्रहार गरी हत्या गरेको उनले स्वीकार गरेको  जिल्ला प्रहरी कार्यालय पाल्पाले शुक्रवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दले   भने – ‘खास के विवाद भन्ने अझै खुलेके छैन् तर एक आपसमा झगडा भएको र युवतीले प्रतिकार गर्न  खोज्दा निजले हँसिया प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । ’  वडाका वडाध्यक्ष चिरञ्जिजी पोखरेले भने  निजले पद्यमलाई बलात्कार गर्न खोज्दा उनले प्रतिकार गरे पछि हत्या गरेको बताएको पाईएको बताए । मृतककी आमा कमला सुनारले भनिन्‘ ‘के कारणले त्यसले मेरी छोरीलाई मा¥यो त्यो बुझन अहिले हामी गाडी चढेर प्रशासनमा जाँदै छौं । त्यो हाम्रो घर नजिकै रहेको आफन्तकोमा आउँथ्यो ।  रिसाह र गजेडी छ । अघि पछि मेरी छोरी सित बोलेको थाह छैन । ’

पद्यमालाई  धारिलो हतियारले टाउँको  र शरिरका विभिन्न भागमा पनि चोट लागेर विभत्स अवस्थामा मृत फेला परेकी थिईन ।  विहान हिडेँकी उनी दिउँसो  ३ बजेसम्म घर नर्फे पछि  परिवारजन खोजतलास गर्न पँधेरोमा पुगेका थिए । हेर्दा उनले लिएर गएको कपडा र अन्य सामानहरु लम्पसीखोला पँधेरोबाट काराम्दी जाने बाटोमा छरपस्ट भेटिएको थियोा ।  ती सामान फेला परेको स्थान भन्दा करिव २० मिटर तल खरबारीमा पद्यमा रक्ताम्मे अवस्थामा मृत फेला परेकी थिईन ।

 उनको टाउँको , घाँटी , हातमा हँसियाले प्रहार गरिएका चोटहरु थिए ।  परिवार  साँझ साढे ५ बजेतिर प्रहरीलाई खबर गरे पछि साँझ आई प्रहरीले अनुसन्धान सुरु गरेको थियो । रातको समय भएका कारण प्रहरीले शवको वरीपरी घेराबन्दी गरेर सुरक्षा दिई  बस्यो । अर्को दिन अनुसन्धानका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्ड , केनाईन शाखा भैरहवाबाट तालिम प्राप्त कुकुर झिकाई अनुसन्धान सुरु गरिएको थियो ।
           
यस्तो छ अभियुक्तको बयान
धारा देखि अन्दाजी ५० मिटर पश्चिममा  रहेको गोठमा काम गर्दै हातमा हँसिया लिएर फर्किने क्रममा धारामा मृतकले धोई सकेको कपडा डोकोमा  हाल्दै गर्दा मृतक संग सामन्य विवाप भएको भई एक आपसमा गाली गलौज  सम्म भई रिसलाई थाम्पन नसकी मृतक डोकोमा  आफ्नो लुगा लिएर जाँदै गर्दा धाराबाट अन्दाजी २ सय मिटर पश्चिम खुलखुले गैरामा निज मृतकलाई भेटी  अकस्मात पछाडीबाट आफ्नो साथमा रहेको हँसियाले मृतकको बाँया पाखुरा, टाउँको  र पछाडी खप्परमा समेत प्रहार गरी बाटोबाट अन्दाजी २० मिटर तल खरबारीमा घिसार्दै गई घोप्टा अवस्थामा पुगेकोमा पुनः आफु तल गई मृतकको टाउँकोमा २ ÷३ पटक प्रहार गरी मृतकको मोबाईल समेत लिएर गएको निजलले बयान दिएको प्रहरीले सार्वाजानिक गरेको प्रतिवेदनमा  उल्लेख छ ।

प्रहरीले निजको साथबाट हँसिया एक थान , निजले लगाएको कालो् लुगा जिन्स पाईन्ट , रातो टिसर्ट , रातो रंगको खादा , कालो रंगको चप्पल मृतकको मावाईल ,  रगत जस्तो देखिने रातो पदार्थ लागेको मोबाईलको टेम्पर ग्लास एक् थान बरामद गरेर सार्वाजानिक गरेको छ ।  पद्यमा स्थानीय शारादा मावि कक्षा १२ मा पढ्दै थिईन । उच्च शिक्षा हाँसिल गर्ने  लगायतका विभिन्न सपना बोकेकी उनको  निर्दयी एक युवाले चुडेको छ ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार