ताजा अपडेट »

तिलोत्तमाको लुम्बिनी वल्र्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

विहीबार, १५ चैत्र २०८०, १९ : ०४
52 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका १३स्थित  मधवलियामा रहेको लुम्बिनी वल्र्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम आयोजना गर्ने भएको छ । विहिवार पत्रकार सम्मेलनको आयोजना गरि यहि १७ गते शनिवार सो कार्यक्रम गर्न लागेको विद्यालयले जनाएको हो । 

 पत्रकार सम्मेलनमा बोल्दै विद्यालयका प्राचार्य विष्णु ढकालले पछिल्लो समय बालबालिकाहरुको उमेर बढ्दै जांदा अभिभावक र विद्यालयसंग बालबालिकाको दुरी बढ्दै जाने गरेकाले तालिमको आयोजना गर्न लागिएको विद्यालयका   बताए ।' विद्यार्थी जती धेरै कक्षामा बढदै जान्छ्न त्यति नै अभिभावक र सामाजिक दुरी बढदै गएको छ । यसलाई रोक्न यो कार्यक्रम गर्न लागिएको हो। उनले अघि भने ' यस्ता तालिमले बालबालिकासंग अभिभावक र शिक्षकको दुरी कम हुने छ ।'धार्मिक गुरु तथा प्रोफेसर पत्री प्रभुले अभिभावकत्व तथा तनाव व्यवस्थापन तालिम दिने छ्न ।

समयको परिवर्तनसंगै बालबालिकाहरुका चाहना र क्षमतामा समेत परिवर्तन आउने भएकोले अभिभावक र शिक्षकहरुले बालिकाकाका चाहना र क्षमता बुझ्न सक्नुपर्ने प्राचार्य ढकालले बताए ।

विद्यालयका अध्यक्ष योगेश घिमिरेले अभिभावक र विद्यार्थीको सामिप्यता बढाउंदै विद्यार्थीको स्तरअनुसार पठनपाठनमा जोड दिंदै आएको बताए । साथै पढाइ  राउन्ड टेबलमा हुनुका  हप्ताको दुई दिन कोडिङ कक्षा हुने बताए ।

कक्षाकोठामा विषयवस्तुको पठनपाठनसंगै विद्यार्थीहरुलाई प्रयोगात्मक रुपमै अभ्यस्त बनाउने गरिएको बताए । सोहि कारण दुईवर्ष पहिले १ सय ५६ विद्यार्थीबाट पठनपाठन शुरु भएको विद्यालयमा हाल ३५० विद्यार्थी अध्ययनरत रहेको र आगामी शैक्षिक सत्रमा ५५० विद्यार्थी  पुराउने लक्ष्य रहेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।