ताजा अपडेट »

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो

विहीबार, १५ चैत्र २०८०, १६ : ४१
28 Shares

सुर्खेत । कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव भेटिएको छ ।

उनको शव टीकापुर नगरपालिकास्थित सनकट्टी घाटमा भेटिएको हो ।

पानीमा तैरिएको अवस्थामा शाहीको शव भेटिएपछि इलाका प्रहरी कार्यालय टीकापुरको टोली घटनास्थल तर्फ गएको छ ।

शाही चैत १२ गते होलीको दिन कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका थिए । उनीसँगै अन्य १६ जनाले समेत पुलबाट हाम फालेका थिए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।