ताजा अपडेट »

गुल्मीमा पहिलो पटक राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता

शुक्रबार, ०९ चैत्र २०८०, १५ : ११
70 Shares

गुल्मी ।  गुल्मी जिल्लामा पहिलो पटक राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।  नेपाल ब्याडमिन्टन संघ गुल्मीले शुक्रबारदेखि तीन दिन सम्मका लागि प्रथम राष्ट्रिय खुल्ला  ब्याडमिन्टन  प्रतियोगिता २०८० को आयोजना गरेको हो ।

प्रतियोगिताको रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले एक समारोहका बिच उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर पन्थीले पहिलो पटक गुल्मी जिल्लामा राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता हुनु भनेको जिल्लाबासीका लागि गर्वको कुरा भएको बताए ।   उनले गुल्मीबाट पहिलो पटक राष्ट्रिय खेलाडी भई जिल्लाको शिर उच्च राख्ने सेउवा मसिनापोखरीको स्वर्गिय दलबहादुर रानादेखि राष्ट्रिय क्रिकेट खेलाडी   सोमपाल  कामीसम्मका खेलाडीहरुको स्मरण गर्दै उनीहरुलाई सम्मान गरिने उद्घोष समेत गरे ।  

यस प्रतियोगितमा भाग लिन विभिन्न जिल्लाबाट पाल्नु हुने खेलाडीहरुलाई प्रशिद्ध धार्मिक क्षेत्र रेसुङ्घामा घुम्न जान आग्रह गर्दै  यस प्रतियोगिता  नगरपालिकाको जाउँ हिड रेसुङ्घा अभियानसँग जोडिएको  सुनाए ।  गुल्मीमा २०५० साल अघिदेखि ब्याडमिन्टन खेलको विकास सुरु भएको बताउँदै ब्याडमिन्टन संघ २०५२ सालमा गठन भएको र क्रमिक रुपमा आजको स्थानमा आउनु भनेको निकै खुशीको कुरा भएको संघका संस्थापक अध्यक्ष शेरबहादुर थापाले बताए ।

कार्यक्रममा  संघका लुम्बिनी प्रदेश परिषद सदस्य भरत थापा र जिल्ला अध्यक्ष गिरिप्रसाद महाकिमले पनि मन्तव्य राखेका थिए । समुद्घाटन समारोमा स्थानीय कलाकारहरुले मनोरञ्जन प्रदान समेत गरेका थिए । संघको लुम्बिनी प्रदेश परिषद र जिल्ला समितिको प्रर्वद्धनमा सुरु भएको प्रतियोगिताको प्रथम पुरस्कार ६० हजार राशीको रहेको छ ।  दोश्रो पुरस्कार राशी ४० हजार र तेश्रो पुरस्कार राशी २० हजारको रहेको छ । विभिन्न ७ विधामा हुने प्रतियोगितामा विद्यागत  ३५, २५, २० र १५ हजार सम्मको   धनराशी छुट्याईको छ ।  

उद्घाटन समारोहमा ब्याडमिन्टन खेलका  अन्तराष्ट्रिय रेफ्री सुमित शाक्य  र राष्ट्रिय खेलाडी अरविन्द श्रीपालीले सपथ खाएका थिए । उद्घाटन सत्रपछि निकै रोचक खेल जमिरहेको छ । चैत्र ११ गते सम्म चल्ने प्रतियोगितामा काठमाण्डौं , पोखरा , बुटवल, बुटवल , नेपालगञ्ज सम्मकाा प्रतिस्पर्धी रहेका छन ।  यस प्रतियोगितालाई भब्य पार्न यहाँको स्थानीय सरकार , वित्तिय संस्था र समाज सेवीले ठुला रकम सहयोग गरिरहेका छन ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरे, सुरक्षा निकायका प्रमुख  लगायतको बिशेष आतिथ्यता रहेको थियो । संघका गुल्मी जिल्ला अध्यक्ष नवराज श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष मनोज काउछाको स्वागत मन्तव्य र सचिव सुरेश श्रेष्ठको सञ्चालन रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।