ताजा अपडेट »

सूर्यदर्शन सहकारीका बचतकर्ताले दिए राज्य व्यवस्था समितिमा उजुरी

विहीबार, ०८ चैत्र २०८०, १३ : ५९
82 Shares

काठमाडौँ । सूर्यदर्शन सहकारी संस्थाका पीडितहरूले जिबी राईलाई पक्राउ गर्न तथा आफूहरूको बचत रकम फिर्ताको वातावरण बनाइदिन प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई अनुरोध गरेका छन् । पीडितका तर्फबाट सूर्यदर्शन सहकारी सङ्घर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई बिहीबार ज्ञापन पत्र बुझाउँदै बचत फिर्ताको वातावरण बनाइदिन अनुरोध गरेका हुन् ।
 
पीडितहरूले सहकारी पदाधिकारीविरुद्ध उजुरी दिए पनि सहकारीका अध्यक्ष जिबी राईसहित १४ जना अझै फरार रहेको र सरकारले उनीहरूलाई पक्राउ गर्न चासो नदिएको पनि बताएका छन् । ‘सहकारी सञ्चालकलाई तुरुन्त पक्राउ गरी कारबाहीको दायरामा ल्याउनु पर्ने देखिन्छ तर अहिलेको यो सरकारलाई यो जिबी राई भन्ने नाम र सूर्यदर्शन भन्ने सहकारी प्रधानमन्त्री, गृहमन्त्रीदेखि परराष्ट्रमन्त्रीका साथै सिङ्गो राष्ट्रको प्रहरी प्रशासनको टाउको दुखाई बनिरहँदा पनि बाँकी अभियुक्तहरू किन पक्राउ पर्दैनन् रु’समिति सभापतिलाई पीडितहरूले बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।