ताजा अपडेट »

दोस्रो उजिरसिंह शारीरिक सुगठन र प्रथम महिला पुरुष फिजिक्स प्रतियोगिताको तयारी पूरा

बुधबार, ०९ फागुन २०८०, १५ : २९
304 Shares

बुटवल । दोस्रो मिष्टर उजिसिंह शारीरिक सुगठन, प्रथम मेन फिजिक्स रुपन्देही जिल्ला स्तरीय र प्रथम महिला फिजिक्स प्रदेश स्तरीय प्रतियोगिता–२०८० को तयारी पुरा भएको छ । रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघको आयोजनामा यही फागुन १२ गते शनिबार हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बुधबार जीतगढी किल्लामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । 

पत्रकार सम्मेलनमा बोल्दै शारीरिक सुगठन तथा फिटनेश संघ रुपन्देहीका अध्यक्ष राजकुमार श्रेष्ठले कर्णेल उजिरसिंह र जितगढी किल्लको सामरिक महत्वलाई थप उजागर गर्ने र खेललाई पर्यटन प्रवर्द्धनमा जोडने उद्देश्यले प्रतियोगिताको गर्न लागिएको बताए ।  यसपटक  पहिलोपटक  महिला खेलाडीहरु प्रोत्साहन गर्ने उद्देश्यले महिला फिजिक्स तथा पुरुष फिजिक्स विधा थप गरिएको अध्यक्ष श्रेष्ठले बताए । 

नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका उपाध्यक्ष सितु प्रसाद श्रेष्ठले रुपन्देही जिल्लाले युवाहरुलाई खेलसँगै इतिहासको पनि जानकारी गराउनका लागि प्रतियोगिता गर्न लागिएको बताए । साथै मोफसलमा शारीरिक सुगठन खेल प्रवद्र्धनमा निकै महत्वपूर्ण योगदान पुराएको बताउँदै यसलाई पर्यटनसँग जोड्न प्रतियोतिताले केही हदसम्म भए पनि सहयोग गर्ने बताए ।  उनले बुटवल श्रीका विजेताहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता जितेको बताउँदै रुपन्देहीमा अर्को राष्ट्रिय स्तरको प्रतियोगिता गर्ने तयारी समेत रहेको बताए । 

प्रतियोगिता ५ वटा वजन समूहमा हुने संघका सचिव आशिष श्रेष्ठले जानकारी दिए । उनले प्रतियोगितामा ५५, ६०, ६५, ७० र ७० भन्दा केजि भन्दा बढी तौल समूह गरि पाँच तौल समुहमा प्रतियोगिता हुने बताए । रुपन्देही जिल्लामा ३८ वटा जिम क्लब रहेको बताउँदै उनले एउटा जिम्मबाट एउटा बजन समूहमा बढिमा २ जना खेलाडि गरी जम्मा १० जना खेलाडिले प्रतियोगितामा भाग लिन पाउने श्रेष्ठले बताए । स    ाथै महिला फिजिक्समा रुपन्देहीसहित नेपालगंज, दाङ र नवलपरासीबाट खेलाडीहरुको सहभागिता रहने उनले बताए । 
 

प्रतियोगितामा ओभर अलमा प्रथम हुनले नगद ५० हजार, मेडल र प्रमाण पत्र छन् । यस्तै बजन समुहमा प्रथम द्वितीय, तृतीय, हुने खेलाडीले क्रमशः ३ हजार, २ हजार, १ हजार पाउने छन् भने महिला फिजिक्स तर्फ क्रमशः १० हजार, ८ हजार र ५ हजार नगद  पुस्कार, मेडल र प्रमाणपत्र पाउने संघका उपाध्यक्ष मनोज अग्रवालले बताए । प्रतियोगिता सम्पन्न गर्नका लागि साढे ४ लाख खर्च हुने आयोजकको अनुमान रहेको छन् भने प्रवेश शुल्क २०० रहेको छ । प्रतियोगिता बुटवल उद्योग वाणिज्य संघको सभाहलमा हुने उपाध्यक्ष   अग्रवालले बताए ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।