ताजा अपडेट »

बेलायतका विकास र अफ्रिका तथा राष्ट्रमण्डल र विकास कार्यालयका मन्त्री एन्ड्रयु मिचेललाई बुटवलमा स्वागत

सोमबार, ०७ फागुन २०८०, १६ : ५२
158 Shares

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयद्वारा स्वागत । लुम्बिनी प्रादेशिक अस्पतालको स्वास्थ्य उपचार र अवस्थाबारे अवलोकन तथा जानकारी लिने उदेश्यले आएका मिचेलले मुख्यमन्त्री चौधरी र नगर प्रमुख पाण्डेयसँग भेटेर यहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिए ।

सो अवसरमा चौधरीले लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्रको बारेमा जानकारी गराएका थिए भने नगर प्रमुख पाण्डेयले बुटवलले माृतस्वास्थ्य र शिशुस्वास्थ्यलाई विशेष प्राथमिकता दिएर कार्यक्रमहरु अगाडि सारेको बताएका थिए। सो अवसरमा प्रमुख पाण्डेयले मन्त्री मिचेललाई नेपाल-अंग्रेज युद्ध, जितगढी किल्ला र उजिरसिंहको बारेमा जानकारी गराउँदै उजिरसिंहको तस्वीर मायाको चिनोस्वरुप प्रदान गरेका थिए।

परराष्ट्र मन्त्रालयका अनुसार मिचेलले लुम्बिनी प्रदेशमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, स्वास्थ्यमन्त्री राजु खनाल र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयसँग भेटघाट गर्ने कार्यतालिका रहेको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।