ताजा अपडेट »

हो म एक हुँ!

सोमबार, ०७ फागुन २०८०, १४ : ०१
514 Shares

विनोद पाण्डे/ विभिन्न रुप भनौँ वा क्षेत्रमा देखिने भुमिकाहरुलाई आफ्नो प्रतिनिधित्व रहेको भन्ने आभाष दिलाउँदै लेखिएको एक शीर्षक हो ‘हो म एक हुँ’
१) बन्दै नबनेको धरहरा उद्घाटन गर्छु, आउँदै नआएको पानीजहाजको कार्यालय खोल्छु, मेलम्ची आयोजना ५ पटकसम्म उद्घघाटन गर्छु, १र२ मिटरको पक्की पुल उद्घघाटन गर्न हवाईजहाज लिई पुग्दिन्छु, स्विजरल्याण्ड देशको र अक्सफोर्ड विश्वविद्यालयको सपना दिउँसै देखाईदिन्छु । हो म एक झुक्याउने प्रधानमन्त्री हुँ ।

२) अर्थतन्त्र के हो थाहा नभएको अर्थमन्त्री, बल भनेको डल्लो हो भन्ने खेलकुद मन्त्री, घरमा पाहुना आएका छन भन्ने स्वास्थ्य मन्त्री, अक्सिजन कसले र कुनले दिन्छ भन्ने थाहा नभएका बन मन्त्री ,कक्षा ८ फेल शिक्षा मन्त्री हुँ । हो २२ वटै मन्त्रालय सम्बन्धी जानकारी नभएको एक अनपढ मन्त्री हुँ ।

३) संसदमा भत्ताको लागि जाने गर्छु, विशेष त निदाएरै बस्दिन्छु, यदि निदाईन भने आफ्नो दलले जे भने पनि समर्थन गर्दिन्छु, आफ्नो दलको जुनसुकै प्रस्ताव पारित गर्न सघाउन्छु, बोल्नै परे छोराछोरीले लेखिदिएको व्याकरण नमिलेको वाक्य पढिदिन्छु, अति नै भए कुर्चि भाचिदिन्छु टेबल फोरिदिन्छु । हो म त्यहि जनताले नचिनेको सासंद हुँ।

४) कहिले २०८४ को ललिपप खुवाउँन्छु, कहिले गणतन्त्र संकटमा छ भनी जनता झुक्याउन्छु, कहिले राजतन्त्र आए देश बन्छ भनी जनता लोभ्याउन्छु, मदन भण्डारी, मनमोहन, विपि र १० वर्षको जनयुद्वको ईतिहासले जनता बहकाउने गर्छु, भिडमा जान्छु भाषण गर्छु। हो म त्यहि झुक्याउने नेता हो ।

५) त्रिभुवन विमानस्थलबाट क्विन्टलमा क्विन्टल सुन भित्राईदिन्छु ,महिला बालबालिकालाई श्रम ,पैसा र विवाहको प्रलोभनमा पारी बेचिदिन्छु, शरणार्थी भन्दै अमेरिका पुर्याइदिन्छु, ललितानिवासको जग्गा बेचिदिन्छु, एन सिएल ,गण्डकी, महाकाली र कोसी बेचिदिन्छु हो म एक राष्ट्रिय व्यापारी हुँ ।

६) आफ्नो राजनीतिक  दल प्रति अन्धभक्त छु ।आफ्नो दलले नराम्रो काम गर्दा पनि समर्थन जनाउने गर्छु, झुट्टा होस् वा तथ्यहिन भाषणमा ताली र हुटिङ बजाउने गर्छु। चुनावको बेला केही पैसा र मासु भातको लागि आफ्नो मत परिवर्तन सहजै गरिदिन्छु । हो म एक राजनीतिक अचेत नागरिक हो ।

७) नेपालमा रोजगारी नभएकोले, कृषिमा सरकारको प्राथमिकता नरहेकोले ,राष्ट्रभित्र व्यवसाय गर् भन्दा ऋण नपाएकोले,ऋण तिर्न ऋण लिई फ्रि भिसा फ्रि टिकट भएको व्यवस्थामा पनि ९/१० लाख तिरी विदेश गई काम गरी कमाउने अपेक्षा साथै सासमा आउन्छु कि बाकसमा त्यसको निश्चितता नभएको एक बाध्यकारी बेरोजगारी युवा हुँ ।

८) नियुक्ति ,बढुवा र सरुवामा सहज हुने भएकोले राजनीतिक आस्था राख्ने शिक्षक वा कर्मचारी हुँ । आफ्नो पक्षको राजनितिक दललाई फाईदा हुनेगरी असल व्यक्तिलाई खराब र खराब व्यक्तिलाई असल प्रमाणित गर्न सक्ने एक पत्रकार हुँ।अर्थात भनौँ एक स्वार्थ सहितको पेशाकर्मी हुँ।

९) नक्कली सर्टिफिकेट देखाई बनेको  डाक्टर हुँ ,आन्द‍ोलनको नाममा शिक्षकको कुर्ची जलाउने विद्यार्थी हुँ ,राजनीतिक दलमा विभाजित वकिल हुँ, राजनीतिक आस्थाले बनेको पुजारी हुँ, ५ वर्षमा बन्छ भनेको आयोजना १५ वर्षमा मात्र १८% सक्काउने एक ठेकेदार हुँ ।

समग्रमा म यस्तै हु खराब छु कि असल छुट्याउने जिम्मा तपाईको । माथि  प्रस्तुत गरिएका भुमिकाहरुबाट म त्यो भुमिका भन्दा अलग छु भन्ने कसैलाई लाग्छ भने अगाडि बढ्नु किनकि तपाईले सुन्दर देश बनाउन सक्नुहुनेछ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।