ताजा अपडेट »

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

शुक्रबार, ०४ फागुन २०८०, ११ : ०६
128 Shares

काठमाडौ । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । डिजेल मट्टितेल र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको हो ।

निगमले बिहीबार मध्यरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको हो। निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर १ रुपैयाँ ८३ पैसा र डिजेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँ ५६ पैसाले बढाएको जनाएको छ । निगमका अनुसार हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य यथावत छ । सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।