ताजा अपडेट »

दाङमा गोली चल्यो, ड्यूटीमा खटिएकी प्रहरीको मृत्यु

विहीबार, ०३ फागुन २०८०, २१ : ३१
146 Shares

दाङ । दाङमा गोली चलेको छ । घोराही उपमहानगरपालिकाको दामोदर चोकमा ड्यूटीमा खटिएकी महिला प्रहरी धनमायाँ गुरुङ गोली लागेर मृत्यु भएको छ । 

उनलाई उनकै श्रीमानले गोली हानेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । घटना करिब साढे ७ बजे भएको हो । गोली हानेर भाग्दै गरेका यमबहादुर झाँक्रीलाई लमही अर्जुनखोलाबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । झाँक्री नेपालगञ्जमा कार्यरत प्रहरी रहेको प्रहरीले बताएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।