ताजा अपडेट »

सहकारीमा बेथिति गर्ने जो भए कारबाहीको दायरमा आउँछन् : गृहमन्त्री पाण्डेय

सोमबार, २९ माघ २०८०, २० : ३३
70 Shares

बुटवल।  लुम्बिनी प्रदेश गृह मन्त्री सन्तोष पाण्डेय  सहकारी  बेथिति रोक्नको लागि सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।  उनले सहकारीको  मूल सिद्धान्त भन्दा बाहिर जाँदा सहकारीमा समस्या देखिएको भन्दै  बेथिति गर्नेहरू  जो भए पनि  कानुनी दायरमा  सरकारले ल्याउने बताए । 

रुपन्देही  बचत तथा क्रृण सहकारी सङ्घको १८ औ स्थापना दिवसको अवसरमा आज सोमवार बुटवलमा आयोजित मूल समारोहमा बोल्दै  मन्त्री पाण्डेयले लुम्बिनी प्रदेशमा देखिएका सहकारीका समस्या समाधान गर्नको लागि सरकार तयार रहेको बताए । 

उनले सहकारीले आर्थिक क्षेत्रमा ठुलो योगदान दिएको स्मरण गर्दै  पछिल्लो समय केही सहकारीहरूमा देखिएको कारणले समग्र सहकारी क्षेत्र प्रति शङ्का उत्पन्न भएकाले त्यो हटाउनको लागि सहकारीका अभियान्यताहरुले जोड दिनुपर्ने बताए। उनले सहकारीमा गलत गर्नेलाई कानुन अनुसार कसर बाँकी नराख्ने बताए।

कार्यक्रममा बचत तथा क्रृण सहकारी सङ्घ नेपालका अध्यक्ष चन्द्र ढकालले अहिले सहकारीहरूको डुबेको क्रृण उठाउनु नै मुख्य चुनौती रहेको बताउँदै देशका कुनै पनि सहकारीले सञ्चालकले गलत गर्ने छुट नभएको बताए । उनले अहिले  केही  गलत मनसायमा क्रृण र सञ्चालकहरू भएको कारणले यस्तो अवस्था आए पनि त्यसलाई बिस्तारै सही ठाउँमा ल्याउने बताए ।

उनले सहकारीमा सुशासन कायम गर्नको लागि आफूहरू लागिरहेको बताए ।  कार्यक्रमका सहकारी सङ्घ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण  प्रसाद नेपाल , राष्ट्रिय सहकारी बोर्डका कार्यकारी सदस्य सदीन्प सापकोटा  सहकारी अभियन्ता  भीम तुलाचन, जिल्ला बचत तथा क्रृण सहकारी सङ्घका अध्यक्ष वसन्त ढकाल नेपाल पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल वरिष्ठ पत्रकार दामोदर खनाल लगायत बोल्दै सहकारी मर्म भन्दा बाहिर कोही पनि  जान नहुने बताए।

उनीहरूले विश्वभर देखिएको आर्थिक समस्या कारणले पनि सहकारीमा प्रभाव परेको बताएका थिए। स्थापना दिवसको अवसरमा रुपन्देहीमा तिन दिन  विभिन्न कार्यक्रम गरी आज  मूल समारोह   गरिएको जिल्ला सचिव बाबुराम बन्जाडेले बताए।

आज बिहान बुटवलमा याल निकालिएको थियो। भने हिजो विद्यालयमा सहकारी सम्बन्धी हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको थियो  । 

 उकृष्ट  सहकारी पत्रकारिता पुरस्कार  केसीलाई 
रुपन्देही  बचत तथा क्रृण सहकारी सङ्घ र नेपाल  पत्रकार महासङ्घ रुपन्देहीको आयोजनामा प्रत्येक वर्ष प्रदान सहकारी पुरस्कार यस वर्ष पत्रकार तेजेन्द्र के सीलाई प्रदान गरिएको छ । 

आज  सोमवार स्थापना दिवसको अवसरमा  आयोजित कार्यक्रमका रातोपाटी अनलाइन लुम्बिनी प्रदेश संयोजक एवं दैनिक पत्र दैनिकको उप सम्पादक केसीलाई  प्रमुख अतिथि सन्तोष पाण्डेयले नगद  १० हजार सहित सम्मान गरेका थिए ।

नेपाल पत्रकार महासङ्घले बनाएको मुल्यांलन समितिको आधारमा  प्रत्येक वर्ष एक जना पत्रकारलाई सहकारी पुरस्कार प्रदान गर्ने गरिएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।