ताजा अपडेट »

बुटवलमा १ लाख पुरस्कारको प्रथम अन्तरविद्यालय लोक नृत्य प्रतियोगिता

सोमबार, २९ माघ २०८०, १८ : १७
184 Shares

बुटवल ।बुटवलमा प्रथम अनतरविद्यालय लोक नृत्य प्रतिया्गिता हुने भएको छ । बुटवल उपमहानगरपालीकाको ६५ औं स्थापना दिवसको अवसरमा फागुन १ र २ गते प्रतियोगिता हुन लागेको हो । 

समाजको सांस्कृतिक सम्वृद्धको जिवीत प्रमाढाका रुपमा रहेको लोक संस्कृतिलाई जगेर्ना गर्न र अहिलेका पिंढीलाई लोक संस्कृतिको जानकारी दिन नृत्य गर्न लागिएको सांस्कृतिक संयोजक एवं बुटवल उपमहानगरपालीका वडा  न १३ का अध्यक्ष नारायण पुनले बताए । उनका अनुसार प्रतियोगितामा एउटा विद्यालयबाट एक समुहले मात्र भाग लिन पाउनेछन् । 

प्रतिया्गिताका लागि उपमहानगर भित्रका ४४ विद्यालयले सहभागिता जनाउंदैछन् । प्रतिया्गितामा प्रथम हुनेले १ लाख नगद पुरस्कार सहित प्रमाणपत्र पाउने संयोजक पुनले बताए । त्यस्तै, द्धितीय हुने विद्यालयले ६० हजार र तृतीय हुने २ समुहले जनही २५ हजार रुपैयां पाउनेछन् ।

प्रतियोगिताबाट विद्यालय स्तरमा लोक परम्परा, नेपालीको लोक भाका र साहत्यि सम्बन्धी जानकारी विद्यार्थीले पाउने आशा लिएको उपमहानगर प्रमुख खेलराज पाण्डेयले बताए । उनले स्थानिय जनप्रतिनिधी आइसकेपछि हरेक तहमा नयां खालका कार्यक्रमको सुरुवात भएको र ती कार्यक्रमको प्रभाव समेत सकारात्मक परेकाले यस्ता सांस्कृतिक कार्यक्रम, खेल कार्यक्रलाई हरेक वर्षको बजेटमा समेटेर विद्यार्थीलाई लाभ प्रदान गर्ने जनाए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।