ताजा अपडेट »

मणिमुकुन्द राष्ट्रिय भलिबल : तेस्रो दिनको खेलमा त्रिभुवन आर्मी, गण्डकी, नेपाल पुलिस, एपिएफ बिजयी

आइतबार, २८ माघ २०८०, १९ : ५६
150 Shares
आइतबार, २८ माघ २०८०
150 Shares

बुटवल। रुपन्देहीको  तिलोत्तमामा जारी नवौं मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल  प्रतियोगिताको  आईतबार भएको  खेलमा   त्रिभुवन आर्मी क्लब,  गण्डकी, नेपाल पुलिस, एपिएफ, बिजयी भएका छन ।

त्रिभुवन आर्मी क्लबले सोझो सेटमा  कोशी प्रदेशलाई हराउँदै बिजयी  भएको छ । आर्मीले २५–२० २५ –१३ २७–२५  बनाएर त्रिभुवन आर्मी  बिजयी भएको हो  । खेलमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै  त्रिभुवन आर्मी  क्लबका खेलाडी  मनिस मानन्धर  खेलको म्यान अफ द  म्याच हुन सफल भएका छन ।  मानन्धर लाई   नगद सहित सम्मान गरिएको थियो ।   

नेपाल पुलिस क्लब र मधेश प्रदेश बीच भएको खेलमा नेपाल पुलिस क्लबले सोझो सेटमा हराउँदै बिजयी यात्रा तय गरेको छ । प्रहरीले २५–२० २५–११ २५–१२ बनाएर खेल आफनो कोल्टामा पार्ने सफल भएको हो ।  उक्त खेलमा  उत्कृष्ट  खेल प्रदर्शन गरेको भन्दै नेपाल पुलिस क्लबमा खेलाडी दिपक राज जोशी  खेलको म्यान अफ द म्याच हुन सफल भएका छन उनलाई नगद सहित सम्मान गरिएको थियो ।

 एपिएफ क्लब र  कर्णाली प्रदेश बीच भएको खेलमा एपिएफ क्लबले सोझो सेटमा कर्णालीलाई हराउँदै बिजयी भएको छ । २५–२१ २५–२१ २५–२० बनाएर एपिएफ बिजयी भएको हो । खेलमा उत्कृष्ट  खेल प्रदर्शन गरेको भन्दै एपिएफका खेलाडी बिजय थापालाई खेलमो म्यान अफ द म्याच हुन सफल भएका छन् उनलाई नगद सहित सम्मान गरिएको थियो।

गण्डकी प्रदेश र बाग्मती प्रदेश बिच भएको खेलमा गण्डकी प्रदेश बिजयी भएको छ । पहिलो सेट गण्डकीलाई २३  अंकमा रोक्दै बाग्मतीले २५ बनाएर पहिलो सेट जितेपनि त्यसलाई निरन्तरता दिन भने सकेन गण्डकीले पहिलो सेट गुमाए पनि अन्य सेटहरु भने आफ्नो कोल्टामा पार्न सफल भएको छ ।

२५–१९ २५–२१ २५–२३ बनाएर गण्डकी प्रदेश बिजयी भएको हो । खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै गण्डकी प्रदेशका खेलाडी राजन दलार्मी  प्रतियोगिताको म्यान अफ द म्याच हुन सफल भएका छन् उनलाई नगद सहित सम्मान गरिएको थियो ।  

नेपाल पुलिस क्लब र सुदूरपश्चिम  प्रदेश बीच भएको खेलमा नेपाल पुलिस क्लब बिजयी भएको छ । पुलिस क्लबले २५–१७ २५–१४ २५–१९ बनाएर पुलिस क्लब बिजयी भएको हो उक्त खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै नेपाल पुलिस क्लबका खेलाडी रबिन नगरकोटी लाई खेलको म्यान अफ द म्याच घोषणा गरिएको थियो उनलाई खेलकुद लुम्बिनीका सदस्य सचिब जय प्रकाश भट्टराईले नगद सहित सम्मान  गरिएको  आयोजक मणिमुकुन्द भलिबल क्लबका अध्यक्ष लोकेन्द्र भन्डारीले बताए ।received_2094148370939873

पहिलो चरणको खेल चलीरहेको उनको भनाइ छ । खेलमा  प्रथम हुनेले नगद २ लाख १ रुपैयाँ सहित कप मेडल प्रमाणपत्र पाउने छन  । दिृतीय  हुनेले १ लाख ५० हजार १ रुपैया  नगद कप मेडल प्रमाणपत्र हात पार्नेछन भने   तृतीय हुनेले नगद १ लाख १ रुपैयाँ नगद सहित कप मेडल प्रमाणपत्र पाउने छन भने   सान्त्वना स्थान  हुनेले नगद ५० हजार १ रुपैयाँ सहित कप मेडल प्रमाणपत्र पाउने खेल संयोजक सुरेन्द्र गुरु·ले बताए ।

प्रतियोगितामा  उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई   बिधागत रुपमा नगद  सहित मायाको चिनोले  सम्मान गर्ने आयोजक क्लब मणिमुकुन्द भलिबल क्लबका  बरिष्ठ उपाध्यक्ष  किसन चन्दले बताए । प्रतियोगिता माघ २ गते सम्म सन्चालन हुने खेलको मुख्य प्रायोजक तिलोत्तमा नगरपालिकाले गरेको छ भने  प्रदेश खेलकुद परिषद लुम्बिनीलले   खेल प्रवद्र्धन  नेपाल भलिबल संघको सहयोगमा   प्रतियोगिता  भैरहेको   आयोजक क्लबले  जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।