ताजा अपडेट »

रुपन्देहीमा होटल व्यवसायमा मन खोलेर लगानी

सरकारको स्पष्ट नीतिको अभाव

शनिबार, २७ माघ २०८०, १७ : ४४
1.47K Shares

पश्चिम नेपालको औद्योगिक एवम् व्यापारीक केन्द्र रुपन्देही जिल्लामा होटल व्यवसाय फस्टाउदै गएको छ । बुटवल भैरहवालाई केन्द्र बनाएर यस क्षेत्रको समग्र विकास गर्न सकिने प्रशस्त आधार र सम्भावनाहरु बढेर गएको छ । त्यसैले यस क्षेत्रमा आर्थिक र पर्यटन व्यवसायको राम्रो सम्भावना देखेपछि लगानी कर्ताहरुले होटल व्यवसायमा मन खोलेर लगानी गरेका छन् । अझ भैरहवामा अन्तराष्ट्रिय बिमानस्थलको निर्माणले त होटल व्यवसायलाई लगानि गर्न झनै  हौसला बढाएको  हो ।

राजाधानी काठमाडौँ पछिको दोस्रो आर्थिक राजधानी बन्ने सम्भावना बोकेको रुपन्देहीको बुटवल कोरोना संक्रमण, आर्थिक मन्दि र लुम्बिनी प्रदेश राजधानी दाङ पुगेसंगै ब्यापार व्यवसाय खस्केकाले पनि लगानीकर्तामा केही निराशा देखिएका छन् ।

आर्थिक संबृद्धि दलहरुको एजेण्डा भएपनि राज्यले उद्योग व्यवसाय मैत्री वातावरणमा ध्यान दिन नसकेको उनिहरुको बुझाई छ । यस क्षेत्रको आर्थिक बिकासका लागि सरकारले स्पष्ट निति ल्याउन पनि सकेको छैन् ।  बुटवल–नारायणगढ सडक लामो समयदेखि निर्माण सम्पन्न नहनु, निर्माण सम्पन्न भएर पनि  गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल सुचारु नहुनु, लुम्बिनी बाहेक अन्यत्र पर्यटकको समय लम्ब्याउने किसिमका पर्यटकिय आर्कषणका संरचानाहरु निमार्ण हुन नसक्नुले पनि यस क्षेत्रमा  आन्तरिक र बाह्या प्रर्यटकको त्यति आर्कषण बढ्न नसकेको मात्र होईन पर्यटकको बसाई पनि लम्बिन सकेको छैन । अर्कोतिर पर्यटक मैत्री योजनाको अभाव र भारतिय प्रर्यटकको बसाई लम्बाउने प्रयास पनि  हुन सकेको देखिदैन ।  

Messenger_creation_55ef17d0-d377-4c57-987c-52bf6282c97f

रुपन्देही  जिल्लामा १ हजार ३ सय २ वटा होटेल तथा रेष्टुरेन्टहरु होटेल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीमा आवद्ध  छन् । करिव ६ सयको हाराहारिमा संघमा दर्ता नभएका होटल तथा रेष्टृरेन्टहरु रहेको संस्थाका बरिष्ठ उपाध्यक्ष माधव खनाल बताउछन् ।  कोरोना संक्रमण र आर्थिक मन्दिका कारण तिलोत्तमा र बुटवल आसपासका ६० वटा होटल बन्द नै भएको पनि उनले जानकारी दिए ।

उनले होटल क्षेत्रका लागि सरकारले स्पष्ट निति ल्याउन नसकेका कारण होटल व्यवसाय आशा गरिए अनुसार अगाढि बढ्न नसकेको गुनासो गर्दै भैरहवामा भएको अन्तराष्ट्रिय  बिमानस्थल संञ्चालनमा ल्याउन र भारतीय पर्यटकहरुको समय लम्ब्याउन सरोकार वालाहरुको ध्यानजान आवश्यक रहेको बताए । ।

तारे होटल बढ्दै

यस क्षेत्रमा अन्तराष्ट्रिय एयरपोर्टको निर्माण, सिक्स लेन सडक, बुटवलमा अन्तराष्ट्रिय सभाहलको निर्माण,औद्योगिक क्षेत्रहरुको बिस्तार जस्ता कारणले पनि यस क्षेत्रमा पछिल्लो समय होटल व्यवसाय तिर उद्योगि व्यवसायीले मन खोलेर लगानी गरेका छन् ।

Messenger_creation_721cb258-c08c-461f-8f66-5dfeafab28ad

पछिल्लो समय रुपन्देहीको चिलियामा अरर्वौको लगानीमा निर्माण भएर पनि केही समय देखि बन्द रहेको अन्तराष्ट्रिय स्तरको पाँच तारे होटल टाइगर प्यालेस रिसोर्ट नया व्यवस्थापनले खरिद गरेसंगै पुनः संचालनमा आएको छ । त्यस्तै  भैरहवामा सिद्धार्थ हस्पिटालिटी ग्रुपले ५ तारे होटल सिद्धार्थ भिलासा संञ्चालनमा ल्याएको छ । यी दुई होटलमा मात्र हाल करिव ८ सयले प्रत्यक्ष रोजगारी पाएका छन् । अन्तराष्ट्रिय स्तरका पाँच तारे यी होटल खासगरी भारतीय पर्यटकलाई लक्षित गरि निर्माण गरिएको छन् । यस अघि नै गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा लुम्बिनीकै पहिलो पाँचतारे होटल “पवन प्यालेस” संचालनमा छ ।

त्यसैगरी अहिलेको यो जटिल परिस्थ्तिीमा पनि बुटवल सुख्खानगरमा उद्योगी कमल किशोर मालपानी र चुन्न प्रसाद पौडेलले २०८१ साल भित्र संचालनमा ल्याउने तयारीका साथ करिव ५ अर्व लगानी गरेर आधुनिक सुबिधा सम्पन्न पाँच तारे होटल सि.के.सेफ्रोन निर्माण गरिरहेका छन् । साढे एक बिगाहा क्षेत्रफलमा निर्माणाधिन यो होटलमा १ सय ८ वटा सुबिधा सम्पन्न कोठा रहनुका साथै दोस्रो तलामा सुईमिङ पुल रहने बताईएको छ ।

तिलोत्तमाको जानकिनगरमा हालैमात्र करिव ४० करोडको लगानीमा दि क्राउन ईन होटल संचालनमा आएको छ । होटलका संचालक बुटवलका स्थानिय व्यवसायी अनन्तमान थैबले थ्री एस र थ्री डि का आधारमा संचालनमा ल्याईएको यो होटलमा ग्राहकको सुबिधालाई ध्यानदिदै प्रत्येक रुममा वाईफाई र हिट पम्प जडान गरिएको बताउछन् ।

उता २६ बर्ष अगाडि टिकापुरबाट सुरु भएको सिद्धार्थ ग्रुपले २ हजारभन्दा बढी जनशक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी दिँदै आएको छ । हालै सम्पन्न आफ्नो वार्षिकोत्सवको अवसरमा सिद्धार्थ हस्पिटालिटीका अध्यक्ष लक्ष्मण न्यौपानेले हाल देशमा देखिएको राजनैतिक र सामाजिक अस्थिरताको कारण विगतदेखि आर्थिक मन्दीले असर पर्दा पनि सिद्धार्थ ग्रुप अन्तर्गतका कम्पनीले मुनाफा आर्जन गर्नु निकै उपलब्धीमुलक रहेको बताए । उनले भने,‘यो गुणस्तर युक्त, आर्थिक रुपमा सक्षम र व्यवस्थित हस्पिटालिटी कम्पनीलाई अगाडि बढाइरहेका छौं भन्ने उदाहरण पनि हो । सिद्धार्थ हस्पिटालिटी ग्रुपले ’भिजन २०३०’ को योजना अन्तर्गत सन् २०३० सम्ममा स्वदेश तथा विदेशमा गरि कम्तीमा ५८ वटा साना तथा ठूला आउटलेटहरु सञ्चालन गर्ने योजना बनाएको छ । यो राज्यका लागि पनि निकै महत्वपूर्ण योजना हो ।

Messenger_creation_8f0f7a38-64b9-4579-8f65-ff82f9b7cebc

यसैगरि यस क्षेत्रमा केही वाटर पार्क पनि संचालनमा छन् । यी पार्कपनि अत्यन्त नौलो किसीमको रहेको छन् । जहाँ स्वीमिङ् देखि विभिन्न सुविधाहरु छन् । जो कोहीले पनि जलमा खेल्ने साधनहरुको प्रयोग गरि आफुलाई स्वस्थ्य र स्वच्छ बनाउदैँ आनन्द लिन सक्नेछन् । तर पनि कोरोना संक्रमण तथा मुलुकको मन्द गतिको व्यापार  व्यवसायले यस्ता पार्कहरु समेत प्रभावित भएका छन् ।

यस क्षेत्रमा अन्य विभिन्न होटलहरुले पनि आफ्नो सेवालाई स्तरीय बनाउदै स्वीमिङ पुल सहितको सेवा दिइरहेका छन् । कतिपय व्यवसायीले आफ्नै जग्गामा त कतिपयले भाडामा घर जग्गा लिएर होटल रिसोर्टहरु संचालन गर्दै आएका छन् ।

रुपन्देहीको मणिग्राममा रहेको ड्रिमल्याण्ड गोल्ड रिसोर्ट पनि यस क्षेत्रको महत्वपूर्ण रिसोर्ट मानिन्छ । यहाँ पनि रुम, सभाहल र सेवा सुविधाहरु थपिदै लगिएको छ । ठूला विवाह र कार्यक्रमहरु गर्न यो रिसोर्ट यस क्षेत्रकै पहिलो रोजाईमा पर्ने गरेको छ । केही समय पहिलेबाट तिलोत्तमाको मणिग्राममै ७१ रुम सहित चार तारे स्तरकै सुबिधा सम्पन्न मणिग्राम बिश्राम बाटिका रिर्सोट संचालनमा रहेकोछ । तिलोत्तमा नगर क्षेत्र पछिल्लो समय होटल रेष्टुरेन्ट व्यावसाय संचालनका लागि रोजाईमा पर्दै गएको छ । तिलोत्तमा नगरमा मात्रै पर्यटक स्तरका साना ठुलागरी दर्जन बडि होटलहरु संचालनमा छन । पौवा होटल, टुलिप होटल, होटल दि क्राउन, मणिग्राम बिश्राम बाटिका, मदानी होटल, ड्रिमल्याण्ड गोल्ड, टाईगर प्यालेस, बोधी भिल्ला, हिडन प्यालेस, द एस.आर.होटल, लुम्बिनी होटल, द बिग चेयर लगाएका होटलहरु तिलोत्तमा क्षेत्रमा संचालि छन भने होटल मोनामो प्यालेस र सिद्धार्थ हस्पिटालीटी ग्रुपको होटल पनि तिलोत्तमा क्षेत्रमै निर्माणधिन छन । 

Messenger_creation_188d007d-3fad-4bb9-96cf-d8e8b0f0a815

यस क्षेत्रमा संचालनमा रहेका होटलहरु मध्य ४ दर्जनजति होटल अलि व्यवस्थीत र सुबिधा सम्पन्न नै छन् । भैरहवामा रहेको रेडसन रिसोर्ट, होटल पौवा, होटल निर्माणा, होटल नान्स, होटल यति, होटल लाकौल, होटल मौर्य, होटल एसियन बुद्ध लगाएतका होटलहरुले ग्राहकहरुलाई राम्रो तथा स्तरीय सेवा सुविधाहरु प्रदानगर्दे आएका छन । हालै मात्र भैरहवाका पुराना पर्यटन व्यवसायी निर्मल कुमार श्रेष्ठले ६९ रुम सहितको भैरहवा गर्डेन रिसोर्ट संचालनमा ल्यएका छन भने भैरहवाका यूवा आशा गुरुङले ४० करोड बढिको लगानीमा ४९ कोठा सहितको सुबिधा सम्पन्न होटल ल्याण्डमार्क भैरहवा संचालनमा ल्यएका छन । यस होटललाई नेपालको होटल चेन समुह ल्याण्डमार्क होटल ग्रुपले व्यवस्थापनको जिम्मा लिएको छ । 

त्यसैगरि बुटवलमा बुटवलको पहिलो चार तारे होटल “दि फ्लेमिङ्गो” सहित  होटल पाम ईन्टरनेसनल, सिध्दार्थ कटेज, ड्रिम ईन्टरनेसनल होटल, होटल एभेन्यू, होटल महाराजा, होटल दियालो फुडल्याण्ड,न्यु इरा होटल, क्लब डेनेभो होटल, मेरी गोल्ड, एसियन होटल, सिन्दुर होटल, अम्रपाली कटेज,होटल पौवा लगायत पनि ग्राहकको रोजाइमा पर्दै आएका छन् । हालै मात्र बुटवलको होटल डेनभोले आर्कषक रेष्टुरेन्ट, मिटीङहल तथा होटलको बहीरी सजावटमा समेत परिर्वतन गर्दे थप लगानी बिस्तार गरेको छ ।

ग्राहकलाई सन्तुष्ट दिनुनै होटल व्यवसाय संचालनको आधार भएकोले पनि सुबिधा सम्पन्न कोठा,लवि,सभाहल,मिटिङ्ग हल, वार, सुईमिङ्गपुल, गार्डेन, लिफ्ट, पार्किङ्ग लगायतका सुिबधा उपलब्ध गराउन व्यवसायी त्यत्तिकै लागेका छन् ।

Messenger_creation_c73f43b5-69f9-42a4-b5a2-d9511ab7952d

राज्य उद्योग  ब्यवसाय मैत्री बन्न सकेन

लुम्बिनी आसपासमा पनि पर्यटकहरुलाई लक्षित गरि साना ठूला होटल, रेष्टुरेन्टहरु स्थापना भइरहेका  छन् । यस क्षेत्रमा गौतमबुद्धको जन्मस्थल लुम्बिनी, अन्तराष्ट्रिय बिमानस्थल, अन्तराष्ट्रिय सम्मेलन केन्द्र हुनुले पनि होटल ब्यवसायको राम्रो सम्भावना भएकोले पछिल्लो समय ठुलो लगानीमा स्तरीय होटलहरु स्थापना हुदै गएको होटल तथा रेष्टुरेनट व्यवसायी संघ रुपन्देहकिा अध्यक्ष  लेखनाथ भण्डारी वताउछन् ।

यस क्षेत्रमा होटल व्यवसायमा आकर्षित हुनुको कारण लुम्बिनी रुपन्देही जिल्लामै पर्नु र अन्तराष्ट्रिय विमानस्थलको निर्माण यस क्षेत्रमा हुनु प्रमुख कारण हो । होटल एभिन्यु प्रा लि बिजनेश होटलका संचालक भिमलाल न्यौपानेले बर्तमान  जटिल परिस्थितीका  कारण सरकारी  गैर सरकारी संघ संस्था संग बजेट नहुनु, बैकहरुबाट सुफत मुल्यमा ऋण उपलव्ध नहुनु, आन्तरिक र बाह्रय पर्यटकहरुलाई भित्राउन सरकारको स्पष्ट योजना नहुनुले यो ब्यवसाय खस्किदै गएको वताउछन  ।

उता तारे लगायतका होटल संचालकहरु सरकारले निर्माणका क्रममा बिभिन्न सुबिधा दिने भनेपनि ब्यवहारमा संचालनको प्रकृयामा नआउदै जग्गा नक्सा पास देखि बिभिन्न काममा पालिकाहरुबाट सहज रुपमा काम हुन नसकेको र पहिल्यै कर बुझाउन परेको गुनासो पोख्छन् । होटल संचालन भएपछि कर महसुल लिनु स्वभाबिक हो तर यो जटिल परिस्थितीमा लगानी गर्न सरकारले साथ सहयोग हौसला दिन नसकेको व्यवसायिको गुनासो छ ।

रुपन्देहीमा होटल व्यवसायको राम्रो सम्भावना देखेकोले आफुहरुले यो क्षेत्रमा लगानी गरेको भएपनि  कोरोना  संक्रमण र त्यस पछिको  आर्थिक मन्दीले होटल संञ्चालन  गर्न  निकै समस्या  परेको होटल ब्यवसायि बताउछन् । हुनत कोरोना संक्रमण र ब्यापार मन्दीका कारण केही होटलहरु बन्द भएका पनि छन् भने केही होटलमा समस्या परेकोले लगानिकर्ताहरु घर न घाटको अवस्थामा पुगेका छन् ।

कार्यक्रम होटल मैत्री बन्दै

पछिल्लो समय बिवाह,पास्नी,जन्मदिन सेमिनार, गोष्टी लगायतका शुभ कार्य तथा संघ सस्थाका कार्यक्रमहरु होटल रिसोर्टमा गर्ने परम्परा बढ्दै गएकोले पनि यो ब्यवसायले राम्रो बजार लिएको छ ।

पछिल्लो समय लगानी सँगै सेवा सुविधा पनि स्तरीय बनाउदै गएकोले स्वदेशी,विदेशी ग्राहकहरु पनि यस क्षेत्रका होटल रिसोर्टबाट सन्तुष्टि प्राप्त गर्न सकेकोले आफ्नो होटल रिसोर्टमा दोहरीएर सेवा लनि आईरहेको होटल व्यवसायीहरु बताउछन् ।

Messenger_creation_800878b7-c9a6-4e4d-ac6a-3b07921fe02e

एकातिर गौतमबुद्धको पवित्र जन्मस्थल लुम्बिनी अर्कोतिर विशाल छिमेकी मुलुक भारत र चिन रहेको छ भनि बौध्दमार्गीको लुम्बिनी प्रतिको आस्था र आकर्षणले पनि रुपन्देहीमा होटल व्यवसायको राम्रो सम्भावना रहेको यस क्षेत्रका होटल व्यवसाय संचालकहरु बताउछन् ।

हुन त यो ब्यवसायमा पछिल्लो समय अस्वस्थ प्रतिस्पर्धा पनि बढ्दै गएको देखिन्छ । प्रहरी प्रशासनवाट पनि बेलाबेलामा बिभिन्न झमेलाहरु भोग्न  परेको केही ब्यवसायहिरुको गुनासो पाईन्छ । कतिपय होटल ब्यवसायीहरु निती नियम भन्दा वाहिर गएर ब्यवसाय गर्दा पनि बेलावखत समस्या उत्पन्न भएको पनि देखिन्छ । तर पनि यो ब्यवसाय नभई नहुने ब्यवसाय भएकोले सक्दो ब्यवस्थीत र मर्यादित वनाएर संचालन गर्न जरुरी छ ।

419839755

अनि कतिपय व्यवसायीले बजार मुल्य कायम गर्न नसकेकाले आशा गरिएअनुसार प्रतिफल प्राप्त गर्न नसकेको पनि बुझाई छ । उता पोखरा, काठमाण्डौको  तुलनामा बुटवल भैरहवाका होटलहरु केही महगो भएको सेवाग्राही बताउछन् ।

तरपनि यस क्षेत्रमा यी होटलहरुलाई संचालनमा ल्याउन अब रुपन्देही जिल्लालाई महानगरपालिकाको अवधारणामा बिकास गर्ने योजना सहित अगाडी बढ्न जरुरी छ । यो क्षेत्रमा पालिकाहरुले टुक्रे ससाना संरचना बनाएर काम गर्न भन्दा पर्यटकको बसाई लम्बिने संरचनाहरु तयार गर्न आवश्यक छ ।pawannnna

बुटवलको तिनाउनदिमा लामो ताल बनाएर यहाँ दजैनौ ढुंगा चलाउने योजना बनाउन सकिन्छ । दुई वटा केवल कार निर्माण भईसकेको बुटवलमा पर्यटक आकर्षित गर्न हिलपार्कको बिग बुद्ध निर्माण कार्य साईन बोर्डमा सिमित नराखेर योजनालाई जीबन्त दिनु पर्दछ । बुटवलको एतिहासिक जीतगढी किल्लालाई पुरानो बटौली संग बेच्न सकिने स्पष्ट योजना ल्याउन  त्यत्तिकै जरुरी छ । यी त केही उदाहरण हुन तरपनि गौतमबुद्धको जन्मस्थलका वारे सरकारले बिदेसी बजारमा ब्यापक प्रचारप्रसार गरेर पर्यटक भित्राउन जरुरी छ ।

लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङ जानुले पनि मन खोलेर होटल ब्यवसयमा लगानी गरेकाहरुको हौसला घटाएको छ । तसर्थ यस क्षेत्रको आर्थिक र पर्यटन विकासमा सरकारले स्पष्ट नीति नियम बनाएर अगाडि बढ्न सके यस क्षेत्रको धार्मिक, आर्थिक, पर्यटनको बिकास संगै होटल ब्यवसाय पनि चलायमान हनेछ र थुप्रैले रोजगार पाउने छन् ।

दामोदर खनाल
लेखकको बारेमा
दामोदर खनाल
स्तम्भकार