ताजा अपडेट »

स्मारकमा पर्यटक बढ्दो

शुक्रबार, २६ माघ २०८०, १४ : ३४
156 Shares

 

 हेटौंडा, २६ माघ । बागमती प्रदेश सरकारले सहिद स्मारकलाई पर्यटकीय क्षेत्र घोषणा गरेदेखि स्मारकमा पर्यटक बढिरहेको सहिद स्मारक विकास समिति कार्यालय व्यवस्थापक रामचन्द्र न्यौपानेले बताएका छन् । यसको संरक्षण, सम्वद्र्धन र निरन्तरताबाट पछिल्लो समय वार्षिक ४ लाख भन्दा धेरै मानिस पिकनिक र मनोरञ्जनका लागि स्मारक आउने गरेको व्यवस्थापक न्यौपाने जानकारी दिए ।

स्मारक प्रवेश गरिसकेपछि पर्यटकहरु बस्ने, घुम्ने, फोटो खिच्ने,विभिन्न आर्कषक रमणीय बगैंचा, बस्नका निम्ति कुर्सीहरु र बालबालिकाका निम्ति मनोरञ्जनात्मक पार्क आदि व्यवस्थापन गरिएको छ । हाल सहिद स्मारकमा पर्यटकहरुबाट बर्सेनि २ करोड रुपिया“सम्म आम्दानी गरिरहेको र उक्त रकमबाट वन समितिलाई ७ प्रतिशत बुझाइरहेको व्यवस्थापक न्यौपानेले बताए । हाल स्मारकमा ३३ जना कर्मचारी कार्यरत् छन् । उनीहरुलाई पर्यटकबाट प्राप्त रकमबाट तलब र सेवासुबिधा दिइरहेको न्यौपानेले जानकारी दिए ।

 

    दिनहुँ पर्यटकको संख्या बढ्दोस“गै हुलदंगा र अन्य गतिविधि हुन नदिन व्यवस्थापक समितिले सुरक्षा व्यवस्थापनसमेत मिलाएको उनले जानकारी दिएको छ । ॅस्मारकमा भिडभाड बढ्दो छ । तर, बिभिन्न सुरक्षाकर्मी, ठाउँठाँउमा सीसी क्यामेरा जडानलगायत जिल्ला प्रहरी कार्यालयस“ग समन्वय गरेर व्यवस्थापन मिलाइएको छ । लामो समयदेखि त्यस्तो समस्या छैन,’ न्यौपानेले भने ।

 

दैनिक मानिसको आवतजावतले स्मारक क्षेत्रमा फोहोर र प्रदुषण हुने गर्दछ । स्मारकबाट निस्केका फोहोर भने व्यवस्थापनका निमित्त हरेक सोमबार हेटौंडा नगरपालिकाबाट सञ्चालित फोहोरको गाडीमा कुहिने र नकुहिने गरी फोहोर संकलन गरेर पठाउने गरिएको समिति व्यवस्थापक न्यौपानेले बताए ।

 

    हेटौंडा-११ स्थित नवलपुरको सहिद स्मारक पर्यटकका लागि पर्यटकीय गन्तव्य बन्न सफल भएको छ । सहिद स्मारक २०३७ सालदेखि नै गौंचरणका रुपमा थियो । उक्त स्थान विकास भएस“गै हाल आन्तरिक तथा वाह्य पर्यटकको गन्तव्यको आकषर्क केन्द्र बन्न सफल भएको छ । सहिद स्मारकको अवलोकन तथा मनोरञ्जनका निम्ति बिभिन्न स्थानका मानिसहरु आउने गर्छन् । विशेषगरि मकवानपुर, बारा, पर्सा, रौतहट, चितवन, काठमाडौंसहित वागमती प्रदेशका बिभिन्न जिल्लाहरुबाट दैनिकरुपमा हजारौं पर्यटकहरु आउने गरेको पाइन्छ । असोज महिनायता जाडो बढ्न थालेपछि पर्यटकको संख्या झन बढ्न थाल्छ ।

 

सहिद स्मारकमा स“स्कृति तथा अस्तित्व संरक्षण र सहिदहरुको सम्झनामा सहिद स्मारक स्थापित भएको हो । हेटौंडाको सहिद स्मारकमा विशेषतः सहिदबारे पूणर् अध्ययन, अनुसन्धान र सहिदप्रति श्रद्धार्पण गर्न बिभिन्न ठाउँहरुबाट मानिसहरु आउने गर्छन् । राष्ट्रियता, प्रजातन्त्र र जनजीविकाका लागि इतिहासका विभिन्न कालखण्डमा जीवनउत्सर्ग गर्ने सहिदहरुको प्रतीकस्वरुप बाह्र जना सहिदका आकृति एउटै २५ टनका शीलामा कुँदेर जनस्तरबाट स्थापना गरिएको सहिद स्मारक देशकै महत्वपूणर् पर्यटकीय गन्तव्यका रुपमा परिचित छ । सरकारले प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरेको छ । सहिद दिवसको दिन सहिदको प्रतिमामा मल्र्यापण गर्दै सहिदहरुप्रति श्रद्धार्पण गर्ने गरिन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।