ताजा अपडेट »

प्रतिनिधिसभाको क्यालेन्डर स्वीकृत, सांसदको हाजिरी वेबसाइटबाट

सोमबार, २२ माघ २०८०, १७ : ०५
42 Shares

काठमाडौं । प्रतिनिधिसभा बैठक सञ्चालन गर्न फागुन १४ गतेसम्मका लागि ‘क्यालेन्डर’ स्वीकृत भएको छ। सोमबार प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्य तालिका स्वीकृत गरेको हो। 

प्रतिनिधिसभाको क्यालेन्डर अनुसार माघ महिनामा २२ र २४ गते बैठक बस्ने छ। त्यसपछि फागुनमा ४ वटा बैठक बस्नेछन्।

फागुनमा ६ गते, १० गते, ११ गते, १३ गते र १४ गते बैठक बस्नेछ। समितिको बैठकले सो दिन छलफल हुने विषयको तालिका समेत सार्वजनिक गरेको छ।

यस्तै बैठकले अबदेखि सांसदहरुको विद्युतीय हाजिरी गर्ने र वेबसाइटमार्फत विवरण सार्वजनिक गर्ने निर्णय पनि गरेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।