ताजा अपडेट »

माघ २६ देखि हुने नवौं मणिमुकुन्द राष्ट्रिय भलिबल प्रतियोगिताको तयारी पुरा

शुक्रबार, १९ माघ २०८०, १९ : ४४
110 Shares

बुटवल ।नवौं मणिमुकुन्द राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ ।  माघ २६ गतेदेखि सञ्चालन हुने प्रतियोगितामा ३ विभागीय र ७ प्रदेश गरि १० समूह सहभागी हुने मणिमुकुन्द क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले जानकारी दिए ।

प्रतियोगिता बारे जाकारी गराउन बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष भण्डारीले वि.स. २०६४ सालपछि यस क्षेत्रमै पहिलो पटक राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न लागिएको बताउँदै भण्डारीले सोही अनुसार भव्य र सभ्य रुपमा सम्पन्न गर्न तयारी भएको बताए  । 

लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा प्रथम पुरस्कार २ लाख १ रुपैयाँ नगद राशीसहित कप, मेडल र प्रमाणपत्र रहेको छ भने द्वितीय हुनेले १ लाख ५० हजार १ रुपैयाँ नगद राशी प्राप्त गर्ने आयोजकले जानकारी गराएको छ । 

यसैगरी तृतीय हुनेले १ लाख १ रुपैयाँ र सान्त्वना हुने समुहले ५० हजार १ रुपैयाँ नगद राशी प्राप्त गर्ने प्रतियोगिताका संयोजक सुरेन्द्र गुरुङले जानकारी दिए । यसैगरी प्रत्येक खेलमा म्यान अफ द म्याचलाई नगद राशीले सम्मान गरिने तथा विधागततर्फ पनि पुरस्कारको व्यवस्था गरिएको छ । विधागततर्फ सर्वोत्कृष्ट खेलाडीलाई १० हजार नगद राशीले सम्मान गरिने छ भने उत्कृष्ट सेटर, ब्लकर, सर्भर, डिफेन्स, स्पाईकर, प्रशिक्षक र अनुशासित खेलाडीलाई जनही ५ हजार नगद राशीले सम्मान गरिने आयोजकले जनाएको छ ।

क्लबको खेलमैदान तिलोत्तमा-२ जोगिकुटीमा फागुन २ गतेसम्म एक साता सञ्चालन हुने प्रतियोगिताका सबै खेल म्याटमा हुने आएकोले जनाएको छ  । प्रतियोगितामा सहभागी सम्पूर्ण टिमका लागि आवास, यातायात तथा दैनिक भत्ताको समेत व्यवस्था हुनुका साथै  खेलाडीहरुका लागि १ लाख रुपैयाँसम्मको दुर्घटना स्वास्थ्य बीमाको समेत व्यवस्था गरिएको छ ।  प्रतियोगितामा एकसाथ ३ हजार दर्शकले अवलोकन गर्न मिल्नेगरी प्याराफिट निर्माण गरिएको छ ।

प्रतियोगिताको मुख्य प्रवर्द्धक खेलकुद परिषद लुम्बिनीका अध्यक्ष जयप्रकाश भट्टराईले आर्थिक सहयोगसँगै अभिभाकीय भूमिका निर्वाह गर्न तयार रहेको प्रतिवद्धता गरे । अध्यक्ष भट्टराईले प्रतियोगितामा सहभागी खेलाडीहरुको व्यवस्थापन तथा खेललाई अनेशासित ढङ्गबाट सञ्चालन गर्न आग्रह गरे । यस्तै तिलोत्तमा नगरपालिकाकि उपप्रमुख जागेश्वरीदेवी चौधरीले राष्ट्रिय स्तरको प्रतियोगिता हुनु सबैको लागि गौरवको कुरा भएको बताइन । साथै नगरपालिकाले आवश्यक सबै सहयोग गर्ने बताइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।