ताजा अपडेट »

दाङको  शान्तिनगरमा विजुली आउने भएपछि स्थानीय खुशि

शुक्रबार, १९ माघ २०८०, १३ : २३
68 Shares

दाङ । दाङको  शान्तिनगर १ बाघखोरका बलबहादुर वलीले रातको समय अग्लो ठाउँबाट दक्षिणतर्फ हेर्दा बत्ती बेलेको झलमल देख्छन् । उनलाई पनि आफ्ना गाउँमा बत्ती बेलेको देख्न मन छ ।  वलीलाई मर्नु भन्दा अगाडि गाउँमा बत्ती बलेको हेर्न ठुलो धोको रहेको छ । तर, गाउँमा विद्युत नआउँदा त्यो धोको अहिलेसम्म पुरा भएको छैन् । उनलाई मर्नु भन्दा पहिले विद्युत बालेको हेर्ने ठुलो धोको रहेको छ । उनले भने,‘ उमेर गइसकेको छ, तर, मलाई गाउँमा एक/दुई वर्ष भएपनि बत्ती बलेको देख्न मन छ ।’ 

सबै कुराले विकट मानिने ठाउँमा पहिलाको तुलनामा केही विकास भएयता पनि त्यो पूर्ण रुपमा नभएको उनको भनाइ छ । उनले भने,‘ हामी दाङ जिल्लाका नागरिक हौँ, तर यहाँ एकदमैम विकट ठाउँ भएको हुँदा निकै दुर्गम जिल्लाका नागरिक जस्तो अनुभव हुन्छ । पहाडी क्षेत्रमा पर्ने यो ठाउँबाट वडा कार्यालय जान समेत हामीलाई २/३ घण्टा समय लाग्छ । ’ उनका अनुसार राम्रो सडक नहुन, अहिलेसम्म विद्युत नपुग्नु, खानेपानी, स्वास्थ्य लगायतको समस्या रहेको छ । यस्तै उनले अहिले गाउँमा विद्युतको पोलहरू गाड्न थालेको भएयता पनि विद्युत आउने टुंगो नभएको समेत बताए । 

यस्तै स्थानीय विपना वलीलाई पनि गाउँमा अहिले विद्युतको पोल गाडेको देख्दा विद्युत आउने आश रहेको छ । तर, त्यो आस कहिँले पुरा हुन्छ, भन्ने थाहा छैन् । उनले भनिन्,‘ हामीले स्थानीय तहमा दुई पटक भोट हालेका छौँ । नेताहरू भोट माग्न आउँदा यहाँको समस्या सम्बोधन गर्न बाचा गर्नु हुन्छ, तर, जितेपछि हेर्नु हुँदैन । तर, यस पटक गाउँपालिका अध्यक्ष लाग्नु भएको छ । विद्युत आउँछ, भन्ने आश पलाएको छ । ’उनका अनुसार अहिले आफूहरूले सोलार बाल्दै आएको र बाउँ बाजेहरूलाई अन्धकारमा नै जीवन बिताएका थिए । अहिले यत्रतत्र फालिएका पोलहरू गाड्न शुरु भएपछि आश पलाएको उनको भनाइ छ । अर्का स्थानीय ६३ वर्षीय बेलधर वली बाघखोरमा बस्ने लागेको ३६ वर्ष बढि भयो । पहिलेको तुलनामा भन्दा केही विकास भएपनि जति हुनु पर्ने हो रु त्यति नभएको उनको गुनासो रहेको छ । 

२०७४ सालमा निर्वाचित जनप्रतिनिधिले खासै काम नगरेको भन्दै अहिले निर्वाचित भएकाले काम गर्ने आश पलाएको समेत उनले बताए । उनले भने,‘ पहिला सडकको पनि व्यवस्था थिएनकी, हामी यहाँबाट हिँडेर नै कुनै काम परेमा तुलसीपुर बजार जान्थ्यौँ । तर, अहिले जसोतसो जिप चल्ने सडक बनेको छ । अब हामीलाई सडक राम्रो भए र गाउँमा विद्युत, खानेपानी आए राम्रो हुन्थ्यो । ’ यस्तै गत भदौ महिनादेखि गाउँमा विद्युतका पोल गाड्न थालेपछि अब विद्युत आउने आश पाएको समेत उनको भनाइ छ ।

शान्तिनगर १ पेदीखोलाका ७२ वर्षीय गेहन्द्र बहादुर खत्री २८ वर्षदेखि यस ठाउँमा बस्दै आएका छन् । गाउँमा न राम्रो सडक छ, न विद्युत नै पुगेको छ । घर अगाडि विद्युतको पोलमा तार टाँगिएको लामो समय भयो । यस पटक विद्युत बाल्ने आशमा पलाएको उनको भनाइ छ । अहिलेका गाउँपालिका अध्यक्ष विद्युत ल्याउन लागि परिरहेको भन्ने सुनेको भन्दै केही आश पलाएको उनको भनाइ छ । घर अगाडि विद्युतको पोलमा तार टाँगिएको २ वर्ष भएको समेत उनले बताए । उनले पनि अहिले गाउँमा सबैले सोलार बाल्दै आएको बताए ।

त्यसैगरी विद्यालयमा कम्प्युटर शिक्षा भएयता पनि विद्युत नहुँदा किताबबाट मात्र पढाइ हुने पेदीखोलामा रहेको राप्ती माविकी प्रधानध्यापक टिका केसीले बताइन् । अहिलेसम्म विद्युत नहुँदा विद्यालयका विद्यार्थीहरूले कम्प्युटर देख्न नपाएको भन्दै किताबबाट पढाउँदै आएको उनले बताइन् । उनले भनिन्,‘ विकटमा रहेको विद्यालयमा धेरै समस्याहरू रहेका छन् । तर, हामीले हाम्रा विद्यार्थीहरूलाई कम्प्युटरबाट पढाउन पाएका छैनौँ । गाउँपालिकाले दिएको एउटा ल्यापटपबाट हामीले सामान्य काम गर्दै आएका छौँ ।’

यसै वर्ष विद्युत बाल्ने तयारीमा लागेका छौँ : अध्यक्ष बस्नेत

शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतका अनुसार विद्युतको काम पहिले नै हुनु पर्ने हो । तर, आफूहरू निर्वाचित भएर आएपछि त्यहाँ विद्युत लैजाने बारेमा बुझ्दै जाँदा दुई वटा ठेकेदारले जिम्मा लिएको र काम नगरेको भेटाएपछि कालो सूचीमा राखेर अहिले काम भइरहेको बताए । भलानेटीदेखि पेदी खोलासम्म बब्लु भन्ने ठेकेदारले जिम्मा लिएको र लामो समयदेखि काम अलपत्र पारेको थाहा पाएपछि कालो सूचीमा राख्ने भनेपछि अहिले आएर काम गरिरहेको उनको भनाइ छ ।

यस्तै पेदीखोलादेखि कालापोखरा, सालघारी, बाघखोर लगायत ठाउँमा अर्को ठेकेदारले जिम्मा लिएको र त्यहाँ पनि काम अलपत्र पारेको हुँदा कालो सूचीमा राख्ने भनेपछि विद्युतको काम भइरहेको उनले बताए । छिट्टो भन्दा छिट्टो पु¥याउनको लागि आफूले ताकेता गदै आएको र यसै वर्ष पु¥याउने लक्ष्य रहेको उनका भनाइ छ ।

उनका अनुसार गाउँपालिका भूगोलका हिसाबले दुई भागमा विभाजन रहेको छ । तल्लो भाग समतल र माथिल्लो भाग पहाडी विकट क्षेत्र रहेको छ । जसमा वडा नं। १ देखि ३ सम्म रहेको छ । वडा नंं। ३ को धेरै भागमा विद्युत नपुगेको अवस्था रहेको भन्दै उनले आफू आफू निर्वाचित भएर आएपछि धेरै प्रयास र पहल गर्दा अहिले विद्युत पुगेको समेत बताए । यस्तै अहिले गाउँपालिकाका १ र २ को केही स्थानमा विद्युत नपुगेको भन्दै त्यसका लागि आफू लागि रहेको समेत बताए ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी