ताजा अपडेट »

अपाङ्ग र ६० वर्ष माथिलाई घरमै गएर स्वास्थ्य जाँच र परामर्श दिदैँ बुटवल उपमहानगर

मंगलबार, १६ माघ २०८०, १७ : १६
178 Shares

 

बुटवल । बुटवल उपमहानगरपालिकाले अपाङ्गता भएका र ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुको घरमा नै गएर स्वास्थ्य जाँच, उपचार र परामर्श सेवा प्रदान गर्ने भएको छ । उपमहानगरपालिकाले ‘बाआमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार’ कार्यक्रम अन्तरर्गत घरघरमा नै पुगेर स्वास्थ्य सेवा प्रदान गर्न लागेको हो । 

यसका लागि उपमहानगरपालिकाले मंगलबार बाआमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरेको छ । अभिमुखिकरण कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले नागरिकहरुको स्वास्थ्यप्रति उपमहानगरपालिका गम्भीर रहेको बताए । साथै स्वास्थ्यकर्मीको व्यवहारले पनि विरामीलाई धेरै हौसला प्रदान गर्ने भएकाले अपाङ्गता भएका र जेष्ठ नागरिकहरुको स्वास्थ्य उपचारका लागि घरमा जाँदा मर्यादित र सभ्य रुपमा जान स्वास्थ्यकर्मीलाई निर्देशन दिए ।

‘व्यवहारले पनि धेरै फरक पार्छ । उहाँहरुको घरमा जाँदा अति नै मर्यादित र सभ्य भएर जानु पर्छ । जसबाट स्वास्थ्य क्षेत्रको व्यक्ति आउँदा आधा निको भएको अनुभूति र हौसला मिन्छ ।’–उनले भने ।  घर घरमा गएर स्वास्थ्यकर्मीले साधारण चेकअपका साथै ब्लड प्रेसर, आखाँ, कान, सुगर, युरिनको चेकजाँच गर्नुका साथै आवश्यक परामर्श सेवा प्रदान गरिने बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेयले बताए  ।

यस अभियानबाट विभिन्न नसर्ने रोग, सर्ने रोगको जानकारी प्राप्त हुने र समयमा नै स्वास्थ्य समस्याका पहिचान हुने शाखा प्रमुख पाण्डेले बताए । उनका अनुसार बुटवल उपमहानगरपालिका भित्र ५९१ जना अपाङ्गता भएका नागरिकहरु रहेका छन् । 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।