ताजा अपडेट »

गुल्मी अस्पताल स्थापनाको ६० वर्ष पछि डायलासिस सेवा

शनिबार, १३ माघ २०८०, १८ : १८
194 Shares


गुल्मी माघ  । शनिबार एक  समारोहलाई सम्बोधनको सुरु  मै  गुल्मीको रेसुङा  नगरपालिका मेयर  खिलद्ध्ज  पन्थिको भनाई  थियो मेरो  जिबनको  सबै  भन्दा  खुशिको  क्षण  कुन  हो  भनेर  कसैले सोध्यो भने  भन्ने छु मेरो  खुशिको  दिन  आजको  दिन  हो  ।  

मेयर  पन्थिको  जीवन कै  खुशिको  आजको  दिन थियो  २०८० माघ  १३  शनिबारको  दिन  । यो  दिन  थियो  गुल्मी  जिल्ला अस्पताल स्थापनाको  झण्डै  ६० वर्ष  पछि  त्यस  अस्पतालमा डायालासिस  सेवा  शुभारम्भ  हुनु  । 

 किड्नीका  बिरामी  र  उनका  परिवार  अनि  छिमेकीसम्मलाई  कति  पीडा  छ  डायलासिस  सेवा  लिनका  लागि  ।  त्यस  माथी  पाहडी  जिल्ला गुल्मीबासिका  लागि  त  किड्नीको  बिमार  जीवन  भन्दा  मृत्युको पुकार बन्दै  आई  रहेको  थियो  ।

 यसर्थ  पनि  पन्थिका  लागि  मात्रै  होईन माघ १३  जिल्लाबासिकै लागि  खुशी  दिन  बन्न  पुगेको  छ  । मेयर पन्थीसहित  गत  स्थानीय  निर्वाचित  भैइ पहिलो  बैठक गुल्मी अस्पतालमा  हाडजोर्नी   र    स्त्रीरोग  विशेषज्ञ डाक्टरको  सेवा  प्रदान गर्ने  र किड्नीका  बिरामीहरुलाई  निशुल्क  डायलासिस  सेवा  उपलब्ध गराउने  ।  जुन  माघ  १३ मा  आई  पुग्दा  उप्त  बैठकको  निर्णय  कार्यन्वयनमा  जादा  सबै  भन्दा  खुशिको  क्षण  बन्नु  स्वभाविक  हो  ।  भव्य  समारोहका  बिच लुम्बिनी प्रदेश  सरकारका  स्वास्थ्य मन्त्री राजु  खनालले  उद्घाटन गरे  ।

कार्यक्रममा  भावुक  मुद्रामा  मन्तव्य  दिएका मेयर पन्थिले  किड्नीका  बिरामी र  उनका  परिवारले भोग्नु  परेका  बिपद  नजिक बाट  मियालेको  र  यहाँ देखि  बुटवल ,चितवन   काठमाडौ  सम्म  गरिव  परिवारले  डायलासिसका  लागि  धाउदा  र  आर्थिक अभावको  पीडा  पनि  आफुले  बुझेकोले  गुल्मी  अस्पतालमा डायलासिस  सेवा  राखेरै  छाड्ने  आफ्नो  प्रतिबद्धता रहेको  र  पुरा पनि  गर्न  सकिएको बताए  

सम्पुर्ण दलको  तर्फबाट  मन्तव्य  राख्दै नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद  श्रेष्ठले मेयर  पन्थीले  डायलासिस  सेवा  स्थापनाका  लागि  खेलेको  भुमिका  प्रती  धन्यवाद दिएका  थिए  । कार्यक्रममा  प्रदेश  सासदद्धय  डिल्लीराज  भुसाल  र  धनेन्द्र  कार्किले  पनि  मन्तव्य राख्दै  रेसुङ्गा  नगरपालिकाको  पहल  र  बर्मान  मेसु  डाक्टर  किशोर  बन्जाडेको  सकृताका  कारण  छिटै  यस्तो  सेवा  संचालनमा  ल्याउन  सकिएको  भन्दै  धन्यवाद दिएका  थिए  ।  मन्त्री खनाललाई  डायलासिस कक्ष   अबलोकन गराउदै  वरिष्ठ सुपरिटेन्डेन्ट डाक्टर  किशोर बन्जाडेले  १६ जना  डायलासिस  गर्ने    बिरामीहरुले नाम  दर्ता  गराई  सकेको लगायतका  बिषय  अबगत  गराउदै  थिए  ।

काठमाडौमा  तालिम लिई  आएका  डायलासिस  सेवा प्रादायिक  स्वास्थ्यकर्मीहरु  सङ्ग  पनि  मन्त्री खनालले सोधपुछ गर्दै हुनुहुन्थ्यो । डाक्टर बन्जाडेका  अनुसार डायालासिस  सेवाका  लागि एक जना  डाक्टर स्टाण्डबाई  छ्न ।  एक  जना  आउदै  छ्न    स्टाफ  नर्श  सहितका  स्वास्थ्यकर्मी  रहेका  छ्न  ।  हाललाई    पाँच  बेड  छ  भने  भवुश्यमा  बढाउदै  लगिने  छ  ।  जिल्लामा  गुल्मी  अस्पतालबाट  डायलासिस  सेवा लिने  पहिलो  सेवाग्राही तम्घास माइक्कास्थान  निवासी  देविराम  खनाल  र  डायालासिस  सेवा  प्रादायिक  स्वास्थ्यकर्मिहरुलाई  सम्मान  गरिएको  थियो  । अस्पताल बिकास  समितिका  अध्यक्ष  गोपाल प्रसाद  पाण्डेको  अध्यक्षतामा  सम्पन्न  कार्यक्रममा बरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डाक्टर  किशोर बन्जाडेको  स्वागत मन्तब्य  र  जनस्वास्थ्य निर्देश्क  बोम  अर्यालको  संचालन  रहेको  थियो ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार