ताजा अपडेट »

गुल्मीको मुसिकोटमा पालिकामा हुने काम वडामै

बुधबार, १० माघ २०८०, १५ : ५५
56 Shares

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले  गत  वर्षसम्म  वडाबासिहरु  पालिका  मै धाउनु  पर्ने  बाध्यताको चालू  आर्थिक वर्षदेखि अन्त्य  गरेको छ ।  विकास  निर्माणका  उपभोक्ताहरु  र  विभिन्न  कार्यक्रम सम्झौता गर्न  गत वर्षसम्म  पालिकामा पुग्नु पर्ने बाध्यता थियो  । 

हामी  गुल्मीको मुसिकोट नगरपालिका ३ को  वडा  कार्यालयमा  पुग्दा  पालिकाबाट  उपमेयर  गङ्गा  श्रेष्ठको  नेतृत्वमा विभिन्न  फाँटको  घुम्ती  शिविरमा सेवा  प्रवाहमा  भ्याईनभ्याई  थियो  । नगरपालिकाले  गत  वर्षसम्म वडाबासिहरु पालिका  मै धाउनु  पर्ने बाध्यताको चालू आर्थीक वर्षबाट अन्त्य गरेपछि सेवाग्राहीहरु   खुशी  देखिन्थे ।

बिकास  निर्माणका  उपभोक्ताहरु र  विभिन्न  कार्यक्रम सम्झौता गर्न  गत वर्षसम्म पालिका मै धाउनु पर्ने बाध्यता थियो । त्यो बाध्यताको अन्त्य गर्न   पालिकाको विभिन्न फाटाका कर्मचारी मात्रै थिएनन् उपभोक्ता समितिको बैंक खाता  पनि  वडाबाटै खोल्न बैंकका कर्मचारीहरु पनि आएका थिए । त्यस  पालिकाका  ९ वडा  मध्ये  त्यस  वडालाई  परेको  पालाको दिन  २२  वटा  उपभोक्ता समितिको  सम्झौता र  खाता  खोल्ने भएको  वडाध्यक्ष  शंकरबहादुर  रायमाझी  बताउँदै थिए ।  भन्दै  थिए सामाजिक सुरक्षा भत्ता म  निर्वाचित भए पछि  घर  घरमा  पुगेर  वितरण गर्न  सुरु  गरेको  थिए  ।  अहिले  पालिकामा जाने काम पनि सुरु गरिएको  छ  ।

पालिकाले  उपभोक्ता समितिलाई रजिस्ट्रार किन्ने  खर्चको  पनि  अन्त्य गरेको   छ  ।  उसले  सहज  फर्मेट सहितको  उपभोक्ता समितिको अभिलेख पुस्तिका  उपलब्ध गराउन  सुरु  गरेको छ  । फर्मेट  अनुसार भर्नु  पर्ने  भए  पछि  उपभोक्ता समितिका  केहिमान्छेले  किर्ते  गर्ने  कुराको पनि  अन्त्य हुने  अपेक्षा गरिएको  छ  । शिविरमा  सहभागी उपमेयर  श्रेष्ठले    नगरसभाले  यस  आर्थीक  वर्षदेखि पालिकामा पुग्नु पर्ने काम वडा मै पुगेर गरिने  निर्णय  अनुसार वडा वडामा खटिएको बताईन।

पालिकाबाट परेका  योजना  मात्र  होईन  प्रदेशबाट परेका चुदरिगाँउ  दाम्का  मोटर बाटो र  भन्ज्याङ्ग  कालिमाटी सडक  खण्डको  खोलापानी  सेनिपिप्ले  मोटरबाटोको सम्झौता  समेत  सोही  दिन गरिएको  थियो । यसरी  मुसिकोट नगरपालिकाले  वडा  बाटै  सेवा  प्रवाह गर्ने थाले  पछि  बिगतमा पालिका  धाउदा प्रत्येक  उपभोक्ता समिति एक  पटकमा  कम्ती पाँच हजार  रुपैयाँ खर्च  बचत भएको छ  भने  गाडी  सुबिधा नहुने  उपभोक्तालाई घण्टौको  पैदल  यात्राको  सास्तिबाट् पनि वडाबासिले  मुक्ति पाएका  छ्न्।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार