ताजा अपडेट »

डिजिटल प्रविधि तथा अनलाइन व्यवस्थापन तालिम

शनिबार, ०६ माघ २०८०, ०८ : ५६
34 Shares

बुटवल । बुटवलमा सञ्चालित तिन दिने डिजिटल प्रविधि तथा अनलाईन व्यवस्थापन तालिम शुक्रबार सम्पन्न भएको छ ।प्रदेश युवा परिषद लुम्बिनीको आयोजना तथा सञ्चारिका समुह नेपाल लुम्बिनी प्रदेशको समन्वयमा तालीम  सञ्चालन भएको  थियो  ।

समापन कार्यक्रमको अवसरमा युवा परिषद लुम्बिनीका उपाध्यक्ष गोविन्द केसीले उद्मम गर्न चाहने युवाहरूलाई नेपालमा धेरै सम्भावना रहेको भन्दै सम्भावनाको पहिचान गर्न नसक्दा युवाहरू बिदेश पलायन भएको बताए । पछिल्लो समय हरेक क्षेत्रमा नयाँ नयाँ प्रबिधिहरु भित्रीएकाे भन्दै केसिलेे पत्रकारहरुलाई पनि डिजिटल प्रविधिका बारेमा जानकारी गराउन र अनलाईन सञ्चार माध्यमलाई व्यवस्थित गराउन सहयोग पुर्याउने उद्धश्यले तालिम आयोजना गरिएको बताए। समय र प्रविधिको विकाससँगै पत्रकारिता पेशालाई पनि परिमार्जित  गर्दै लैजानुपर्ने र  समयको मागसँगै छिटोछरितो  मल्टिमिडियायुक्त पत्रकारिता आजको आवश्यकताले सिकेका सीपलाई व्यवहारमा पनि उतार्न पत्रकारलाई  आग्रह गर्नु भयो ।केसिले समयानुकूल परिमार्जन र प्रतिस्पर्धी बनाउन प्रविधिको ज्ञान र सीप २१ औ सत्ताव्दिको आवश्यक रहेकोमा जाेड दिए ।

कार्यक्रममा सञ्चारिका समुह लुम्बिनीका अध्यक्ष अमृता अनमोल,प्रशिक्षक अमृत गाेतामे,पत्रकार विष्णु पाेखरेल,रबिन्द्र प्रताप गुप्ता,अस्मिना पाण्डे लगायतले डिजिटल प्रविधि तालिम पत्रकारहरुको लागी उपयोगी भएको र आगामी दिनमा अझै एडभान्स तालिम को अपेक्षा गरेको बताएका थिए  । तीन दिने तालीम मा रुपन्देहीमा क्रियाशील २५ जना पत्रकारहरूकाे सहभागीता रहेको थियो । ५६ जनाको आबेद्न परेकोमा २५ जना लाई छ्नौट गरि अहिले तालीम दिएको र बाकी लाई दोस्रो तेस्रो चरण गरि तालीम दिने संचारिका समूह लुम्बिनीका कोषध्याक्ष उषा किरण पन्थ ले बताइन।

तालिमकाे बुधबार एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले उद्घाटन गरेका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।