ताजा अपडेट »

रुरु क्षेत्र रिडी र माघे संक्रान्ती मेला

मंगलबार, ०२ माघ २०८०, १२ : ३०
454 Shares
मंगलबार, ०२ माघ २०८०
454 Shares

माघेसंक्रान्ती र रिडी मेलाको आफ्नै सम्बन्ध छ । आपसी सदभाव मौलिक संस्कृति र रहनसहनले भरिएको पर्व पनि हो माघेसंक्रान्ती । हिन्दु धर्मका धेरै चार्डपर्वमध्ये माघेसंक्रान्ती पनि बिशेष पर्व हो । आजको दिनबाट शुभकार्य सुरु हुनुका साथै न्यानोपनि सुरु हुन्छ भन्ने मान्यता पाईन्छ ।

पाल्पाको सदरमुकाम तानसेन बजार बाट २९ किलोमिटर पश्चिममा रहेको रुरु क्षेत्र रिडी धार्मिक दृष्टिकोणले नेपालमै  प्रशिद्ध छ । यो और्वऋषिको तपोभुमीहो । पाल्पा, ग्ल्मी, स्याङजा  जिल्लाको संगमस्थल  रुरु क्षेत्र  रिडी  र माघे संक्रन्ति को  आफ्नै  एतिहासिक  महत्व  छ ।  धार्मिक दृष्टिकोणले बिशेष चार्च पाएको यो रुरु क्षेत्र पबित्र पौराणिक तृथ स्थल हो । हिन्दु  धर्मालम्वीहरुको ठुलो आस्था र श्रद्धा रहदै आएको  यो क्षेत्र केही बर्ष  यता अर्थात  पाल्पा , रिडि , तम्घास ,मोटरबाटो  खुलेपछि केहि ओझेलमा  पर्दै आएको अनुभव यहाँका श्रद्धालु  भक्तजन बुद्धिजीबी र  जनप्रतिनीधिहरुले  गरेको पाईन्छ । मोटरवाटो खुलेपछि रिडीमा बासबस्नेको संख्यामा केही कमी आएपनि  रिडी रिडी नै हो यसको आफ्नै महत्व छ ।

तानसेन बजारबाट  गाडिमा करिव डेढ घण्टा र पैदल  बाट ३ घण्टामा  पुग्न  सकिन्छ ।  पबित्र  कालिगण्डकीको उत्तरबाहिनी  रहेको  यस  रिडी  क्षेृत्रमा माघे सक्तिन्तिमा पहिला एकहप्ता र हालमा ३ दिन  सम्म  बिशेष  रुपले  मेला  लाग्ने  गर्दछ । तर चहलपहल भनी केहीदिन अघि देखिनै हुने गर्दछ । जहाँ  स्नान गर्ने  र  ऋिषिकेश  लगाएत  मन्दिरको  दर्सन  गर्न  श्रद्धालु  भक्तजनहरुको  घृईचो  लाग्ने  गर्दछ ।  पर्यटकको  लागि  समेत  बिषेश  महत्व   राख्ने  यस  पबित्र  तृर्थस्थलको  आफ्नै  धार्मिक महत्व  रहेको  छ ।   पश्चिमबाट  बग्दै  आएको  रिडि खोला उत्तरबाट  बग्दै  आएको  कालि  गण्डकीमा   मिसिएको  ठाउँ  हुनाले रिडी  बजार तीनतिरका  पहाडको  खोचमा  अवस्थित  छ । 

हाल  यहाँ गुल्मी , पाल्पा, र स्याङजा गरि  तिन तिर  जोडिएको  पूल पनि  निर्माण  गरिएकोले   यहाँ  आउने  आन्तरिक  र बाह्य  प्रर्यटकलाई  आर्कषण  बढाएको  छ । यसको  नामाकरण  बारे पनि  बिभिन्न  भनाई   प्रचलित  रहेको  पाईन्छ  ।  रुरु कन्याले  तपस्या  गरेको  क्षेत्र  हुनाले रुरु नामा  करण  भयो र  पछि रिडिबन्न  पुगेको  भनाई  एक  थरिको  पाईन्छ  भने  कोहि  रिडिखोलाकै  नामबाट  यस क्षेत्रको  नाम रिडि  राखिएको  बुढा  पाका  बताउछन् । 

पौराणिक  कथन  अनुसार  तिनै  ऋण  अर्थात  देव पृत्रि  र ऋषि  ऋण हटाई दिने  शक्ति  भएकी   नदि  पश्चिमबाट  आई  शालिग्राम  नदिमा  मिसिन्छ ।  यही  संगममा  स्नान  गर्नेहरुको  पाप  पखालिन्छ  र  मानिस  अऋणीहुन  गयो र  पछि  अपभ्रंश  भई  रिडि  नाम रहन  गएको  किबंदन्ति   पनि  पाईन्छ ।  यही पबित्र तीर्थस्थल रिडिमा प्रशिद्ध ऋषिकेशको मन्दिर छ, जस्को स्थापना पाल्पाका राजा  मुकुन्द  सेन  प्रथमले  गरेका  हुन  ।  गुल्मी  बाट  फौजि  लिएर  आएका  राजालाई   रिडिमा  बस्दा  सपनामा दिक्षा  दिएपछि  रिडीखोला र  कालिगण्डकीको  दोभानमा  स्नान  गर्न जादा पानीभित्र ऋषिकेशको मुर्ति फेला परेपछि मन्दिर निर्माण गरेर ऋषिकेशको मुर्ति स्थापना गरेको भनाई पाइन्छ । तद्पश्चात् उक्त ऋषिकेश मन्दिरमा पूजाआजा चल्न थाल्यो । नित्य पूजाको लागि जमिन गुठिको  ब्यावस्था  पनि उनैले गरिदिए ।

जो आजसम्म पनि छ । यस क्षेत्रको उचित स्याहार सम्हार हुन नसक्दा दिन प्रतिदिन यस्तो अपूर्व र पुन्य  क्षेत्रका  भौतिक  संरचनाहरु  जिर्ण  बन्दै  गएका  छन् ।  रुरु क्षेत्र रिडिमा रहेका देबि देवताका मुतिृहरु मध्य ऋषिकेशको मुर्ति बिषेश उल्लेखनिय छ  । सालिग्राम  सिला  निर्मित  यस  मुर्तिमा  तिनले  शंख, चक्र, गदा, पद्य लिएका चार हात  छन् । मुर्तिको दायाँ बाँयाँ गंगा यमुना  र लक्ष्मी  सरस्वति, गायत्रि आदिका  मुर्तिहरु पनि  रहेका छन् । यस्तै रिडिबजारको पारि अर्थत गुल्मी  जिल्लामा  मुकुन्देश्वर महादेवको  नामले चिनिने  शिवालय पनि छ । जुन मणिमुकुन्द सेनले बनाएका  हुन् । 

पाल्पाली सेन राज्यका  संस्थापक रुद्र क्षेत्रिका छोरा मुकुन्द सेन प्रथमले वि.सं १५७५ देखि  १६१० सम्म सासन चलाए र  पाल्पा राज्यलाई आफ्नो साशन कालमा बिशाल र शक्तिशालि   राज्यको रुपमा  चिनाएका  थिए ।  पछि आफु राजर्षीको रुपमा देबघाट गई बसे । यिनले पर्वतका बादशाह  हिन्दुपति भन्ने पदधारण गरेको कुरा समेत प्राचिन  सेन् वंशावलीबाट  स्पष्ट  हुन्छ ।

यसरी मणिमुकुन्द सेनका कृतिका रुपमा यस क्षेत्रका मानिसहरु रुरुक्षेत्र  रिडिलाई मान्दछन भने यो क्षेत्रअझै  पनि धेरैका  लागि उपयुक्त  खोजको  बिषय बन्नसक्छ  माघेसक्रिन्ति  रिडिको गण्डकीमा स्नान गर्ने र मन्दिरको दर्शन गर्ने श्रद्धालु भक्तजनहरुको  भिडभाडमात्र हुदैन यसबखत यहाँ  ठुलो मेलालाग्ने हुदा  स्थानिय तथा  बिभिन्न क्षेत्रबाट आएका  कृषक ब्यापारी ,उद्योगपतिले आफ्ना उतपादनसमेत बिक्रि बितरण गर्ने गुण, ओखर घाँजी, राडीपाखी, सुन्तला, ठेकाठेकी सुपो, डालाडाली लगाएतका सामानहरुको समेतरिडि बजारमा मनग्य खरिद  बिक्रि  हुने  गर्दछ  ।  यस  बर्ष  पनि  रुकुम , रोल्पा , वाग्लुङ्क लगाएतका  ठाँउबाट  ओखर घाँजी , राडिपाखि  बिक्रिका लागि  ल्याइएको  छ ।

पछिल्लो समय कालिगण्डकी ए जलबिद्युत निर्माणका कारण पर्यटकहरुको लागि ¥याफ्टिङ गरि रिडिबाट  रानिघाट , राम्दी, नारायणघाट पुग्न  सकिने अवस्था भने  छैन । यसैकारण  हिजोआज पर्यटकहरुको आगमनमा  कमी आएकोमा  स्थानिय  बासिहरु  चिन्तित देखिएको  पाईन्छ । तर कालीगण्डकि कोरिड निर्माण भएका कारण रिडी र रानीघाट आवत जावतमा सडकले सहजता भएका कारण एकसाथ यी दुई ठाउँको एकसाथ पर्यटन बिकास गर्न सकिने सम्भावना भनी बढेर गएको छ ।  पाल्पा  गुःल्मी  को ऐतिहासिक धरोहर, नेपालकै आस्थाको केन्द्र रुरु क्षेत्र रिडीले  राष्ट्रिय  स्तरबाट  अझ  चासोका  साथ  महत्व  पाउन  सके यस क्षेत्रको  धार्मिक  र  पर्यटन  बिकासमा  थप  आशा  गर्न  सकिन्छ ।   

दामोदर खनाल
लेखकको बारेमा
दामोदर खनाल
स्तम्भकार