ताजा अपडेट »

वैदेशिक रोजगार त्यागेर स्वदेशमै संघर्ष गरेका दिपकले तिलोत्तमामा खोले फ्रेण्डसिप होटेल

विहीबार, २६ पुस २०८०, २० : ३२
606 Shares

बुटवल । दशक बढी वैदेशिक रोजगारपछि स्वदेश फर्किएर व्यवसायिक संघर्ष गरिरहेका तिलोत्तमा–६ का दिपक पाण्डेले तिलोत्तमामा २ करोड लागनी गरेर होटल सञ्चालनमा ल्याएका छन् । स्वदेश फर्किएर व्यवसाय सुरु गरेको केही समयमै विश्वव्यापी कोरोना महामारीले संकट व्यहोरेका उनले हरेस नखाएर पुनः व्यवसायमै जम्ने प्रयास गरेका हुन् ।

४ वर्षअघि बुटवलको हिलपार्कमा रेष्टुरेन्ट सञ्चालन गरेका उनले कोभिडका कारण व्यवसाय प्रभावित भएपछि किराना पसल सञ्चालन गरे, उक्त व्यवसाय पनि सफल नहुने देखेपछि जग्गा व्यापारमा लागे । जग्गाको कारोबारबाट पनि सफलता नमिले ठानेपछि पुनः होटल तथा पर्यटन व्यवसायमा जम्ने सोँचका फ्रेण्डसिप होटल, लज एण्ड रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । १८ वर्षको उमेरमै रोजगारका लागि दुबई पुगेका उनले १३ वर्ष वैदेशिक रोजगारमा विताए । नेपालमा आएर ४ वर्षदेखि व्यवसायिक संघर्ष गरिरहेका ३५ वर्षीय दिपक यस पटक भने धेरै अनुभव र योजनाकासाथ होटल सञ्चालनमा ल्याएको हुँदा सफल हुनेमा विश्वस्त छन् ।

होटेलमा ईण्डियन, चाईनिज, कन्टिनेन्टल तथा हाईजेनिक परिकारका स्वाद लिन पाइने दिपक बताउँछन्  । ४ वटा एटेज रुम, ८० जना अट्न सक्ने क्षमताको मिटिङ हल साथै खुल्ला रेष्टुरेन्ट समेत रहेको होटलमा पारिवारिक बसाईका साथै युवा वर्गलाई आर्षित गर्ने उनले बताए । व्यवसायसँगै कलाकारिताका क्षेत्रमा पनि उनको रुची रहेको छ । करिब एक दर्जन भिडियोहरुमा अभिनय गरेका उनले खाली समयमा आफ्नो ईच्छा पूरा गर्न कलाकारिताको क्षेत्रमा समेत लाग्ने गरेको बताउँछन् । अभिनय गर्न रुचाउने उनले आफ्नो ईच्छा पूरा गर्नकै लागि पैसा गर्ख गरेरै भएपनि त्यसलाई समय दिने गरेको उल्लेख गरे ।  

तिलोत्तमा नगरपालिकाको कार्यालयदेखि उत्तरतर्फ एक तले भवनमा कार्षक होटल सञ्चालनमा ल्याएका उनले यसमा थप भौतिक संरचना र सुविधा विस्तार गर्दै जाने योजना सुनाए । ६ जना युवाहरुलाई प्रत्येक्ष रोजगार उपब्ध गराएका उनले विहिबारदेखि औपारिचक रुपमा होटल सञ्चालनमा ल्याएका हुन् । युवा व्यवसायी पाण्डेको होटल उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँडले युवा स्वरोजगारबाट नै देशको आर्थिक विकास हुने बताए । विदेशमा सिकेका सीपलाई स्वदेशमा उपयोग गरि आर्थिक समृद्धिमा युवाहरु लाग्न उनले आग्रह गरे । नगरपालिकाले स–साना व्यापार, ब्यवसायमा अडाउने गरि युवाहरुलाई विभिन्न तालिमहरु सञ्चालन गर्दै आएको खाँणले बताए । देशको आर्थिक अवस्था बिस्तारै सुधार हुने विश्वास व्यक्त गर्दै उनले नगरपालिकाले स्वदेशमै व्यवसाय गरेर बस्न चाहने युवाहरुका लागि सहयोगको प्रतिवद्धता गरे ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।