ताजा अपडेट »

चिसो बढेसँगै सिरहाकाे जनजीवन प्रभावित

विहीबार, २६ पुस २०८०, १६ : ५७
154 Shares
विहीबार, २६ पुस २०८०
154 Shares

सिरहा। तराईमा पछिल्लो एक सातादेखि चिसो बढेपछि जनजीवन कष्टकर बन्दै गइरहेको छ। कुहिरोसँगै लागातारको हावा र शीतलहरले चिसो बढेपछि सिरहासहित मधेश प्रदेशको जनजीवन कष्टकर बन्दै गएको हो। 

चिसोका कारण जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालयरु बन्द रहेका छन्। चिसोले गर्दा हाटबजार, सार्वजनिक स्थलहरुमा चहलपहल कम भएको छ। 

चिसोका कारण बालबालिका, बृद्धबृद्धा, दम, मुटुरोगीलगायत बढी प्रभावित भएका चिकित्सकहरु बताउँछन्। चिकित्सकहरुले यस्तो समयमा न्यानो कपडा लगाउने, अनावश्यक घरबाहिर नजाने र तातो र झोलिलो खानेकुरा खान सुझाएका छन् । 

चिसो बढेपछि सिरहाको गोलबजार नगरपालिका र इलाका प्रहरी कार्यालयले चोक तथा सार्वजनिक स्थाानहरुमा आगो ताप्नको लागि दाउरा वितरण गरेको छ।  अहिले तराईको अधिकांश भू-भागहरुमा हुस्सु तथा शीतलहरको अवस्था रहेको  छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।