ताजा अपडेट »

राष्ट्रिय सभामा  माओवादीबाट लुम्बिनी प्रदेशको उम्मेद्वारी प्रति पाण्डेको  असन्तुष्टि

बुधबार, २५ पुस २०८०, १० : ३३
388 Shares

गुल्मी । लुम्बिनीमा राष्ट्रियसभाका लागि उम्मेदवारको विषयलाई लिएर नेकपा माओवादी केन्द्र  भित्र असन्तुष्टी देखिएको छ । गुल्मीका पुराना नेता निम बहादुर पाण्डेले लुम्बिनी प्रदेशमा माओवादीबाट उम्मेद्वार बनेकाप्रति खुलेरै असन्तुष्टी जनाएका छ्न ।

अबसर  नपाएकाहरुलाई अबसर  दिनु  पार्टीको विधि हुनपर्ने पटक-पटक अवसर पाईरहेकालाई अघि सारिएको भन्दै पाण्डेसहितका अन्य नेताहरुलेसमेत बिरोध गरेका हुन् ।  पार्टीका गुल्मी जिल्ला  संयोजक  युवराज केसी भन्छ्न ‘हाम्रो  पार्टिमा  एक से एक  योग्य  उमेदवार हुनुहुन्छ  ।  ती मध्येका  एक  हुनुहुन्छ निम बहादुर पाण्डे  ।  उहाँलाई  राष्ट्रिय सभा  उमेदवारका  लागि  पार्टीले  सिफारिस गरि  पठाएको  हो  ।  गुल्मीबाट संघमा प्रतिनिधित्व गर्ने हाम्रो पार्टीबाट  कोहि  नभएकोले  आवश्यक  थियो  पनि  ।  लुम्बिनी प्रदेश  कमिटीले  झक्कु  सुवेदीको  कार्य  क्षेत्र  बागमती प्रदेशमा  हो  ।   यस  प्रदेशमा  कार्य  क्षेत्र  नै  नभएको उहाँलाई  कसरी सिफारिस गरियो  भन्ने  बहस  प्रदेश कमिटीमा  चलेकै  छ ।’    उनले  थपे  अहिले  हाम्रो  आधिकारिक उमेदवार   त  झक्कु  प्रसाद  सुवेदी पनि  योग्य पात्र  नै  हो  ।

पार्टीका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सुदर्शन बरालले भने 'प्रदेशका सबै  जिल्ला गरी पाण्डेसहित वरिष्ठ-वरिष्ठ २७ जना नेताहरुको नाम केन्द्रमा सिफारिस गरी  पठाएको हो । झक्कु सुवेदीले पनि रोल्पाको  सिफारिसमा मेरो नाम पनि पठाउनुस् भन्नु  भयो र  पठाएको हो ।' पर्टी निर्णयको बचाउ गर्दै उनले उम्मेद्वार जनोट जायज भएको उल्लेख गरे । 'उहाँ रोल्पाको मान्छे, यसै  प्रदेशमा लडेको भिडेको मान्छे हो ।  काठमाडौंमा पछि न जानु  भाको हो ! जायज नै लागेर उहाँको नाम पनि  सिफारिस गरिएको  हो ।'-बरालले भने । यहाँबाट सिफारिस गरिएको भएपनि उम्मेदवारको अन्तिम टुङ्गो केन्द्रले लगाएको  स्पष्ट पारे ।

उम्मेद्वार आकंक्षी पाण्डे २०५८ सालमा  सुदर्शन बराल गुल्मीको जन सरकार  प्रमुख  हुँदा उपप्रमुख थिए । २०६० को अधिवेशनमा पनि उनीहरु नै प्रमुख उपप्रमुखमा दोहोरिएर काम गरेको सो पार्टीका प्रदेश कमिटी सदस्य तथा धुर्कोट  गाउँपालिका अध्यक्ष भुपाल पोख्रेल बताउँछन । पाण्डे २०६४ सालको संविधानसभा निर्वाचनमा साविक क्षेत्र नम्बर २ बाट प्रत्यक्ष तर्फका उम्मेदवार भई पराजित भएका  थिए । गएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकमा  उनको नाम पहिलो नम्बरमा भएपनि सांसद बन्न पाएका थिएनन् ।  'उहाँ (निम बहादुर पाण्डे) पुराना र योग्य नेता हुनुहुन्छ । तर पार्टी केन्द्रले जे जस्तो निर्णय गर्यो, त्यसमा  हाम्रो भन्नु  केही छैन ।'-उनले  भने  । 

पाण्डे पुराना नेताहरु मध्ये कतै अवसर  नपाएका निष्ठावान नेतामा गनिन्छ्न् । गुल्मीको धुर्कोट घर भएका पाण्डे २०३६  सालदेखि कम्युनिष्ट राजनीतिमा लागेका थिए ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार