ताजा अपडेट »

हाउस अफ व्युटीद्वारा सौन्दर्यकला तालिमा सहभागीलाई प्रमाणपत्र वितराण

सोमबार, २३ पुस २०८०, १६ : ११
128 Shares

बुटवल । बुटवलमा सौन्दर्यकला सम्बन्धी तालिम लिएका प्रशिक्षार्थीलाई एक कार्यक्रमका बीच प्रमाणपत्र प्रदान गरिएको छ । १० दिनदेखि ३ महिनासम्मको तालिम लिएका १०५ जना नेल आर्टिस, हेयर आर्टिस, मेकअप आर्टिस, ब्युटिसीयनलाई प्रमाण पत्र वितरण गरिएको हो ।

बुटवलको विपी चोकमा रहेको हाउस अफ व्युटीको आयोजनामा संस्थामा तालिम लिएका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको हो ।अन्तर्राष्ट्रिय मेकअफ आर्टिस तथा प्रशिक्षक सोनिस्ता लामा चन्द र सिईयो डा. दिपेन्द्र चन्दले आईतबार एक कार्यक्रमको आयोजना गरी प्रमाणपत्र वितरण गरे ।

कपिलवस्तुको चार नम्बर जीतपुरमा हाउस अफ व्युटीको मुख्य कार्यालय रहेको छ भने बुटवलको विपी चोकमा शाखा कार्यालय रहेको छ । यो भन्दा पहिला काठमाडौंमा २ पटक, चितवन र हेटौडामा १÷१ पटक मेकअप सेमिनार समेत सम्पन्न गरिसकेको अन्तर्राष्ट्रिय मेकअप आर्टिस्ट तथा ट्रेनर सोनिस्ता लामा चन्दले जानकारी दिईन । उनले ब्राजिल, सिंगापुर र रसियाकाबाट अन्तर्राष्ट्रिय ब्युटि तालिम समेत लिईसकेकी छन् ।

हालसम्म ४ हजार बढीलाई तालिम प्रदान गरिसकेको जानकारी दिँदै उनले यस पटककको सेमिनारमा हेयर, नेल, मेकअफ, स्कीन लगायतका विभिन्न विधामा तालिम प्रदान गरिएको जानकारी दिइन् ।

तालिममा प्रमाणपत्र प्रदान गर्दै हाउस अफ व्युटीका मुख्य सञ्चालक समेत रहेकी चन्दले सिकेको सीपलाई व्यवहारमा लागू गरेर सौन्दर्यकला व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने बताइन् । यो तालिममा काठमाडौं, ताप्लेजुङ, सुर्खेत, चितवन, गुल्मी, कपिलवस्तु, रुपन्देही लगायतका जिल्लाबाट प्रशिक्षार्थीहरु सहभागी रहेका थिए ।

हाउस अफ व्युटीमा हाल १३ जना बढीले रोजगारी पाएका छन् । जसले अन्तर्राष्ट्रिय स्तरको व्युटी पार्लर सम्बन्धि सबै तालिम प्रदान गर्दै आएको छ । सो अवसरमा हाउस अफ व्युटीमा कार्यरत पुराना कर्मचारीलाई समेत सम्मान गरिएको कार्यक्रम संचालक सुमन श्रेष्ठले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।