ताजा अपडेट »

सलमान खानको टाईगर–३ ओटिटीमा रिलिज, फ्यानहरू उत्साहित

आइतबार, २२ पुस २०८०, १० : २७
66 Shares
आइतबार, २२ पुस २०८०
66 Shares

मुम्बई, । सलमान खानका फ्यानहरुका लागि खुसीको खबर आएको छ । 

सलमान खान र कट्रिना कैफको एक्शन प्याक स्पाई थ्रिलर टाईगर–३ डिजिटल प्लेटफर्ममा स्ट्रिम गरिएको छ। अब दर्शकले घरमै बसेर फिल्म हेर्न सक्नेछन् । फिल्म अमेजन प्राइममा स्ट्रिम गरिएको छ।

सलमान खान आफैले यसको घोषणा गरेका छन् । फिल्मको पोस्टर सेयर गर्दै उनले लेखेका छन्, ‘तयार हुनुहोस, टाइगर आउँदै छ। प्राइम भिडियोहरूमा मात्र हेर्नुहोस्।’

यो फिल्म नोभेम्बर २०२३ मा रिलिज भएको थियो । फिल्मले बक्स अफिसमा राम्रो प्रतिक्रिया पाएको छ । यशराज फिल्म्सले निर्माण गरेको यो चलचित्रलाई मनिष शर्माले निर्देशन गरेका हुन् । यो टाइगर सिरिजको तेस्रो किस्ता हो। यसअघि  ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा है’ रिलिज भएका थिए । दुबै फिल्मलाई फ्यानहरुले निकै रुचाएका थिए ।

टाइगर–३ मा सलमान खानका अलावा कट्रिना कैफ, इमरान हाश्मी, रिद्धि डोग्रा पनि महत्वपूर्ण भूमिकामा छन् । बक्स अफिस कलेक्शनको कुरा गर्ने हो भने फिल्मले घरेलु बजारमा २८२.७९ करोडको व्यापार गरेको थियो भने ४६४करोडको विश्वव्यापी सङ्कलन गरेको थियो ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।