ताजा अपडेट »

टेस्ट क्रिकेट: दक्षिण अफ्रिकाले भारतलाई दियो ७९ रनको लक्ष्य

विहीबार, १९ पुस २०८०, १६ : ०५
52 Shares

काठमाडौँ । जारी दोस्रो टेस्टमा दक्षिण अफ्रिकाले भारतलाई ७९ रनको लक्ष्य पाएको छ । टेस्टको दोस्रो दिन आफ्नो दोस्रो इनिंगमा दक्षिण अफ्रिका १७६ रन बनाएर अलआउट भएपछि भारतले ७९ रनको लक्ष्य पाएको हो । दक्षिण अफ्रीकाका लागि एडेन मार्क्रमले १०६ रनको शतकीय पारी खेलेका थिए । उनलाई अन्य ब्याट्सम्यानले साथ दिएका थिएनन् । 

त्यस्तै भारतीय बलर जसप्रित बुमराहले सर्बाधिक ६ विकेट लिएका थिए भने मुकेश कुमारले २ विकेट लिएका थिए । त्यस्तै मोहमद सिराज र प्रसिद्ध कृष्णले एक एक विकेट लिएका थिए । 

यसअघि दक्षिण अफ्रिका पहिलो इनिंगमा ५५ रनमा अल आउट भएको थियो भने भारतले १५३ रन बनाएको थियो । 

अब भारतले दोस्रो टेस्ट जित्न ७९ रन आवश्यक रहेको छ ।  २ खेलको सिरिजमा दक्षिण अफ्रिका १-० ले अगाडी रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।