ताजा अपडेट »

राष्ट्रियसभा निर्वाचन: दाङको घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

सोमबार, १६ पुस २०८०, २० : ४५
28 Shares

दाङ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि दाङको घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । राष्ट्रियसभा सदस्य निर्वाचन २०८० का लागि घोराहीमा प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो ।

निर्वाचन आयोगको निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने कार्यक्रम अनुसार लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन अधिकृत कृपासुर कार्कीले बताए । निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेकाले अब आयोगको कार्यतालिका अनुसार निर्वाचनका कार्यक्रमहरू अघि बढ्ने उनको भनाइ छ ।

राष्ट्रियसभा निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम रहेको छ । आगामी फागुन २० गतेदेखि राष्ट्रियसभाका निर्वाचित १९ र मनोनित १ गरी २० सदस्यको कार्यकाल सकिँदैछ । जसअनुसार लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि २ सदस्यका लागि निर्वाचन हुनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।