ताजा अपडेट »

बालकुमारी घटनामा श्रम र यातायातमन्त्रीको भूमिकाबारे छानबिन गर्न निर्देशन

सोमबार, १६ पुस २०८०, १४ : १८
37 Shares

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिले बालकुमारी घटनामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको भूमिकाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।

सोमबार बसेको समितिको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँगको छलफलपछि समितिले दुई मन्त्रीको भूमिकाबारे छानबिन गर्न निर्देशन दिएको समितिका सभापति रामहरि खतिवडाले बताए ।

‘उक्त घटना हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, भौतिक पूर्वाधार यातायात मन्त्रालयमन्त्रीको भूमिकाको बारेमा शुद्ध छानबिन गर्न निर्देशन दिने । यसप्रकारका घटना अब आइन्दा नहोस् भनी सबै पक्ष सजग रहन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिने ।’ निर्देशन दिँदै भनिएको छ । 

समितिले दुवै मृतकका परिवारलाई रोजगारीका अवसर उपलब्ध गराउन समेत सरकारलाई निर्देशन दिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।