ताजा अपडेट »

मन्त्रीको लापरबाहीले घटना भयो, कारबाही गर्नुपर्छ : गगन थापा

सोमबार, १६ पुस २०८०, १३ : २५
28 Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालकुमारी घटना भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको लापरबाहीका कारण भएको आरोप लगाएका छन् । 

सोमबार सिंहदरबारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले ज्वालाको चरम लापरबाहीको कारण घटना भएको बताएका हुन् । ‘त्यहाँ घटना हुँदैछ भन्ने थाहा पाउँदा पाउँदै जानु त्यो जबर्जस्ती हो । चरम लापरबाही हो । मन्त्रीकाे लापरबाहीकै कारणले ठूलो दुर्घटना भयो ।’ उनले भने । लापरबाही गर्ने मन्त्रीलाई कारबाही गर्नुपर्ने थापाले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।