ताजा अपडेट »

एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परे आमा-छोरा

मंगलबार, १० पुस २०८०, १२ : ४०
31 Shares

गुल्मी । गुल्मीको छिमेकी जिल्ला प्युठानमा दुई दिन अघि आमा र छोरा एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेको घटनाले सनसनी छाएको छ । आइतबार राति जिल्लाको झिमरुक गाउँपालिका ३ बाँदीकोट सिमसरा स्थित घर नजिकै काफलको रुखमा दुई अलग(अलग डोरीमा सौतेनी आमा र छोरा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार त्यस गाउँकी ३५ वर्षीय विष्णा खड्का र २३ वर्षीय बिशाल खड्का झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । त्यहाँका जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) ईश्वर थापाका अनुसार बिशाल विष्णाका सौतेला छोरा हुन् । बाबु भारतमा नोकरी गर्न गएका छन् । बिशालकी आमा अन्यत्र विवाह गरेर गएपछि बाबुले कान्छी श्रीमतीका रुपमा विष्णालाई विवाह गरी ल्याएका थिए । विष्णा तर्फका १३ वर्ष उमेरका छोरा रहेको डिएसपि थापाले जानकारी दिए।

उनले भने , ‘हिजो नै दुवै मृतकको शब पोष्टमाटम गरी आफन्तजनलाई बुझाइएको छ । आत्महत्याको कारण खुल्न सकेको छैन् ।’ झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोखरेलले घर नजिकै रहेको काफलको रुखमा उनीहरु झुण्डिएको अवस्थामा फेला परेको र पोष्टमाटमपछि आज दाहसंस्कार गर्न लागिएको आफुले जानकारी पाएको बताए।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार